किमडांडा नेपालीचौरको जनता आधारभुत विद्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोपाल प्रसाद भट्टराई 
किमडांडा, अर्घाखाँची साउन ३१, २०७५।    ढल्नै आंटेको स्कुललाई ठडाउन दत्त चितका साथ स्थानिय शिक्षाप्रेमी लागि परेपछि सन्धिखर्क ८ किमडांडा नेपालीचौर स्थित जनता आधारभुत विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्न थालेको छ । समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने सोंचका साथ यसै शैक्षिक शत्रदेखी अंग्रेजी माध्यममा पठन पाठन शुरु गरेपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको बिद्यालयले जनाएको छ ।
बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष शिव प्रसाद पोख्रेलका अनुसार अंग्रेजी माध्यममा गुणस्तरीय शिक्षा दिनुका साथै विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलाप एवं आवश्यक सबै किसिमका भौतिक पूर्वाधारको विकासका कारण जनता आधारभुत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।
शिक्षक,अभिभावक तथा ब्यबस्थापन समिति सहितको विद्यालयमा बिहिबार सम्पन्न त्रिपक्षिय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहांले यस्तो जानकारी दिनुभएको हो । उक्त स्कुललाई गत शैक्षिक शत्रदेखी नै ब्यबस्थित गर्ने योजना बनाएको भएपनि यस बर्षदेखी बिद्यालयको शैक्षिक तथा भौतिक सबै क्षेत्रको नयां ब्यबस्थापनको साथ स्कुल संचालन गरिएको अध्यक्ष पोख्रेलको भनाई छ ।
विद्यालयमा बढ्दै गएको गुणस्तरीयता लगायतका कारणबाट आफूहरू विद्यालयप्रति आकर्षित बनेको अभिभावक तारा प्रसाद पोख्रेलले बताउनुभयो ।‘धैरै पैसा तिर्दैमा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने रहेनछ, विद्यालयले निःशुल्कमा गुणस्तरीय शिक्षा दिन थालेकै कारण हामी यसतर्फ आकर्षित बनेका हौं,’ उहांले भन्नुभयो शिक्षामा गुणस्तर ‘भौतिक पूर्वाधार,मनोरम शान्त वाताबरण लगायत कारणबाट पनि म जस्ता धेरै अभिभावकले अबदेखी यस जनता आधारभुत विद्यालयमा बालबच्चा भर्ना गर्नेछन् ।’उहांले भन्नुभयो ।
उक्त बिद्यालयमा कक्षा १ देखी तल पेले ग्रुप,नर्सरी र एल.के.जी. गरि तिन तहका अतिरिक्त कक्षा थप गरि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई संचालन गरिएको छ । विद्यालय ब्यबस्थापन समिति अध्यक्ष शिव प्रसाद पोख्रेलको अध्यक्षता र प्र.अ.कमल प्रसाद गैरेको संचालनमा सम्पन्न कार्यक्रममा स्रोत ब्यक्ती युवराज भुसाल,स्कुलका संस्थापक सदस्य रामचन्द्र पोख्रेल,शिक्षक शालिकबाबु पोख्रेल लगायतले मन्तव्य राख्दै चिन्ताजनक स्थितिमा पुगेको विद्यालयलाई छोटो समयमै उकास्न सहयोग पु¥याउने सबैप्रति धन्यावाद ब्यक्त गर्दै सरोकारवाला सबैको एकता भएमा नमुना विद्यालय बनाउन कुनै कठिन नहुने जिकिर गर्नुभएको छ ।
प्रत्येक बर्ष विद्यार्थी घट्दै गएपछि ढल्ने अवस्थामा पुगेको जनता आधारभुत विद्यालयमा अहिले स्थानिय जनप्रतिनिधि,अभिभावक तथा सरोकारवालाको सक्रियताले नै ७० जना विद्यार्थीले अध्ययन गरिरहेका  छन।