दीपक भुसाल
काठमाडौं । नेपाली महिलाहरुको महान चाड तिजको पवन अवसंरमा वाङ्गला (अर्घाखाँची)- काठमाडौं मैत्री समाजद्दारा आगामी भदौ १६ गते बुद्ध नगर पार्टी प्यालेसमाँ भब्य तिज गित तथा दरखाने कार्यक्रम गर्ने भएको छ ।
वाङ्गलाबाट काठमाडौं आएर बस्नु भएको वाङ्गला बासिहरुको बिषेश पहलमा २०७४ सालमा स्थापना भएको यस संस्थाले वाङ्गलाबासीहरुको सुख दुखको साथि बन्ने लक्ष्य लिएको भन्दै साथै यस संस्थालाई वाङ्गलाबासीहरुको साथ रहेको अबस्था आगामी दिनमा फाइन्ससियल रुपमा अगाडि लाने लक्ष लिएको संस्थाका अध्यक्ष पत्रकार दीपक भुसाल बताए ।
उक्त दिन ९०% वाङ्गलाबासीको उपस्थित रहेन अपक्ष्या गरिएको कार्यक्रममा ५००० भन्दा माथिको सहयोग गर्न मनुभवहरुलाई सम्मान र १००० भन्दा माथि सहयोग गर्नु हुन महानुभावहरु मध्येबाट १ जनालाई भैरहवासम्मको जहाज टिकट र ३ जनालाई नागरिक दैनिक पत्रिकाको ६ महिनाको निशुक्ल ग्राहक जस्ता आकर्षण योजना रहेको छ ।
तिज गित तथा दरखाने कार्यक्रम मा संस्थाका भावी योजना र व्यवस्थापनाका बारेमा छलफल गरिने संस्थाका सचिव युवराज भन्डारीले बताएका छन् ।