सुर्य भुसाल
पाणिनी, अर्घाखाँची । पाणिनी गाउँपालिका प्रमुख अच्युत गौतमले अब गाउँपालिका भित्र मदिरा बिक्री नियन्त्रणमा कडाई गरिने बताउनु भएको छ ।
खिदिम प्रहरी चौकी अर्घाखाँची का नब आगन्तुक सही सत्यनारायण चौधरी को स्वागत तथा परिचयात्मक कार्यक्रम माँ बोल्दै पाकिक प्रमुख गौतम ले उक्त कुरामा जोड दिनु भएको हो ।
कार्यक्रममाँ बोल्दै गौतमले दर्ता बिना संचालती मदिरा पसल बन्द गर्ने र निश्चित समयमा मात्र मदिरा बिक्री बितरंणलाई लागू गर्ने बताउनु भयको हो । अब लाइसेन्स लिएका व्यापारीले साँझ ५ देखि १० बजेसम्म मदिरा बेच्न पाउन सक्नेछन् ।
कार्यक्रम पाणिनी गाउँपालीकाका वार्ड प्रमुख स्वस्थ्य संस्था प्रमुख मनीष अधिकारी लगायतले पालिका भित शान्ति सुरक्षा व्यवस्था प्रभावकारी हुने नब आगन्तन्तुक सही चौधरीसँग अपेक्षा रहेको समेत बताउनु भएको थियो ।