अर्घाखाँचीका युवा उद्यमी साईकलदेखि बलेरोसम्म

बसन्त खड्का 
सन्धिखर्क, अर्घाखाँची । आत्मनिर्भर बन्नको लागि अरुको बाटो हेर्न नपर्ने उदाहरण जिल्लाका युवा उद्यमी केबी गाहाले दिएका छन् । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ५ घर भएका ब्यबसायी केबि गाहा बिगत दस बर्ष देखि सन्धिखर्कमा चाउमिन उद्योग सुरु गरेका छन् । 
गाहा आज त्यही आफ्नो मेहनत र लगनशीलताले सुरुमा चाउमिन बनाउने काम गरे त्यो बेला जिल्ला चाउमिनमा आत्मनिर्भर थिएन, भने अहिले बिस्तारै बेकरीज लगायतको बितरण गर्दै आएका छन् । 
केही बर्ष खाडी मुलुकमा फर्केका उनी २०६४ सालदेखि सन्धिखर्कमा चाउमिन व्यवसाय संचालन गरे सुरुमा उनी पैदल गरी आफै पसलहरुमा सप्लाई गर्दै हिडे । अहिले उनिसँग मिहिनेत र परिश्रमले जिल्लाभरी डेलिभरी गर्नसक्ने दुईवटा बोलेरो जिप छन् ।
खाडी मुलुकबाट फर्की आफ्नै जिल्लामा केही गर्छु भन्ने उद्देश्यका  साथ सदरमुकाम सन्धिखर्कमा चाउमिन र बेकरी लगायतबाट व्यवसाय गरेता पनि त्यो बेला जिल्लामा बाहिरबाट आयात गर्नु पर्ने बाध्यता थियो। तर अहिले चाउमिन र बेकरीमा जिल्लालाई आत्मनिर्भर बनाउन उनको समेत ठूलो योगदान रहेको छ।
उद्योग सन्चालन गर्दाको समयमा पैदल हिडेर बिक्री बितरण गर्दै आएका गाहा त्यसपछि क्रमश साईकल, मोटरसाइकल हुँदै अहिले बलेरो भ्यानमा बितरण गर्ने भएका छन् । हाल उनको उद्योगमा १०/१२ जनालाई रोजगार दिन पाएका छन् । उनी पनि अहोरात्र खटिरहन्छ्न बिहान ६  बजेदेखी साँझ ६ बजेसम्म उनी आफै सप्लाई गर्छन् ।
ईच्छा र काम प्रती  लगनशील भए जे काम गरे पनि सफल हुन सकिन्छ भन्ने गाहा एक नमुना युवा व्यावसायिकका रुपमा चिनिएका छ्न । 
सन्धिखर्क १ शान्ती बगैचा मुनि रहेको उनको उद्योगमा चाउमिन र्बेकरी जन्य पदार्थ ताजा र गुणस्तरीय पाईने गरेको उपभोक्ता पनि बताउछन् ।
बेरोजगारीले ग्रस्त भएको अहिलेको समाजमा एकै पटक ठुलै आशा गर्नु भन्दा यस्तै परिश्रमी युवाबाट केही सिक्नुपर्ने स्थानियहरुको भनाई रहेको छ ।