सुर्य भुसाल
पाणिनी, अर्घाखाँची । हाम्रो लक्ष हाम्रो उदेश्य भन्ने मुलनारा सहित अाफुहरुले पाणिनी गाउँपालिकाको बिकासमा लागि परेको बताउनु भएको छ ।
पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले निर्माण गरेको हाम्रो पाणिनी गाउँपालिका नामक सामाजिक सन्जालमा पाणिनीबासी युवाहरु तथा अामजनसमुदायसँग छलफलमा बोल्दै गौतमले देशभर कर बृर्दि भएको हल्ला चलेपनि पाणिनीमा अाफुहरुले अनावश्यक कर बृर्दि नगरेको दावी गर्नु भयो ।
उहाले पाणिनीको बिकासले फड्को मारेको बताउदै भष्टचार मुक्त सुसासन कायम पारदर्सिता कृर्षि क्रान्ति बिकासको पहिलो प्राथमिकता भएकोमा जोडदिनु भयो ।
काङ्ग्रेसका युवानेता समेत रहनुभएका गौतमले कृर्षिको क्रान्ति बिना अन्य बिकासको कल्पना गर्न नसकिने बताउदै अाफु पनि किसान भएकोले किसानका समस्या अाफुले बुझेको बताउदै जेष्ठ अामा बुवाको सेवा गर्न पाउँदा अाफु हर्षित भएको बताउनु भयो ।