अर्घाखाँचीका मिर्गौला पीडित काठ मिस्त्री शालिकरामलाई उपचारका लागि आर्थिक समस्या, जीवनरक्षाको लागि सहयोग अपिल


प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाका मिर्गौला पीडित शालिकराम नेपालीलाई उपचारका लागि आर्थिक समस्या परेको छ । 
वाङ्लाका नाङेकाटीका ५५ वर्षिय शालिकराम नेपालीलाई उपचारका लागि आर्थिक समस्या परेको हो। काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेका शालिकरामको आर्थिक अवस्था कमजोर भएका कारण थप उपचार  नगराई घर फिर्ता ल्याउने अवस्थामा पुगेका छन् । 
गाउँघरमा काठ मिस्त्री गर्दै आएका शालिकरामको टिचिङ अस्पतालमा डाईलोसिस गरिरहेता पनि आर्थिक अवस्था कमजोर हुँदा परिवारले देश-विदेशमा बस्ने नेपालीबासीलाई सक्दो सहयोग गरेर बचाईदिन अनुरोध गरेका छन् । 
शालिकरामका ५३ वर्षिया श्रीमती रामकली नेपाली, १९ वर्षिय छोरा शोवित नेपाली र १७ वर्षिया छोरी मन्जो नेपाली रहेका छन् । काठ मिस्त्री गर्दै आएका शालिकरामको परिवारसँग बस्ने सानो बुकुरो बाहेक केही छैन् । परिवार ठुलो चिन्तामा छ । सबैलाई सक्दो सहयोग गरेर जीवन रक्षा गरिदिन परिवारले अनुरोध गरेको छ ।  
 कसैले सहयोग गर्न चाहेमा ग्लोबल आएमई बैंकको ४९०७०१०००७९१० शालिकराम सवातमा जम्मा गरिदिन सकिनेछ भने ९८४७३९६०४५,  ९८६७८५६०७६,  ९८४७२३६९०० मा संपर्क गर्न सकिनेछ ।