श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची भाद्र ७ । पछील्लो समय संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले गरेका निर्णय र व्यवहारप्रति राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।
राष्ट्रीय जनमोर्चा अर्घाखाँचीका जिल्ला अध्यक्ष थम्मन केसी द्धारा हस्ताक्षरीत प्रेस बिज्ञप्तीमा राजमोले लामो समयदेखि संघीयताको विरुद्धमा आन्दोलन गर्दै आएको भन्दै,संघीयता नेपालको लागि प्रत्युत्पादक तथा अभिषाप हुने भएकोले संघीयतालाई जवरजस्त रुपमा कार्यन्वयन गराउन थालीएको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।
यस्तै सरकारले नेपाली जनताको अवस्था मुल्याङ्कन नगरि चर्को रुपमा कर वृद्धि गरिरहेको र कर बृद्धि गरेर देशको समृद्धि हुने भनिए पनि, जनप्रतिनिधिहरुको सेबा सुबिधा तथा संघियता धान्नकै लागी अनावश्यक कर वृद्धि गरेर असफल राष्ट्र बनाउने खेल भईरहेको भन्दै सरकारहरुद्धारा गरिएको चर्को कर बृद्धि फिर्ता लिन र देश र जनताको लागि अभिषाप बन्दै गईरहेको संघीयता खारेजीको लागि राजमोले प्रेस बिज्ञप्ती मार्फत जोडदार माग समेत गरेको छ ।
दुई तिहाई मतले बनेको सरकारल जनताका जनजीविका, राष्ट्रियता र भष्ट्रचारको सवालमा सुन्य सहनशिलताका साथ अघि बढ्छ भन्ने पार्टीको धारणा थियो तर, त्यो कुरा निरर्थक सावित हुँदै गईरहेको, दिनहु भष्ट्रचार मंहगी अनियमितता बलत्कार जवरजस्तीकरणी जस्ता घटनाहरु बढ्दै गईरहेका र छिमेकी मुलुक भारतद्धारा गरिएको अतिक्रमित भुमिको बारेमा यो सरकारले स्पष्ट दृटिकोण अपनाउन नसक्नुले पनि राष्ट्रियता खतरामा पर्दै गईरहेको प्रमाणित गरेको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।
त्यस्तै राजमो अर्घाखाँचीले जिल्लाका तत्कालिक समस्या र सबै स्थानिय तहले बढाएको अनावश्यक चर्को कर लाई अविलम्ब फिर्ता गर्न, नरपानी–खाँचीकोटको चुनढुंगा उत्खनन्लाई बन्द गर्न, ढोरपाटन बाटोको निकासको निर्णय गर्न, लागुपदार्थ दुव्र्यसनीको अन्त्यको लागि आवश्यक कदम चाल्न, आत्महत्यालाई निरुत्साहित गर्न, जिल्लाका सार्वजनिक स्थलहरुको अतिक्रमण रोक्न र संरक्षण गर्न र जनताका सरोकारका विषयहरुमा आवश्यक निर्णय गर्न विज्ञप्ती मार्फत जोडदार माग गरेको छ । यदि त्यसो हुन नसकेमा राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीले कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी पनी बिज्ञप्ती मार्फत सार्बजनिक गरेको छ ।