श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची भाद्र ७ । नयाँशक्ति पार्टी नेपाल सन्धिखर्क नगरपालीकाले सदरमुकाम स्थीत सन्धिखर्क नगरपालीकाको कार्यालयमा नगरपालीका क्षेत्रभित्रका सम्पुर्ण बिकास निर्माणका आयोजना र तिनको कार्यप्रगतिको बारेमा बिहिबार सुचना माग गरेको छ । लोकतान्त्रीक गणतन्त्र नेपालको संबिधान २०७२ को धारा २७ एवं सुचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ र ७ बमोजिम नगरपालीकामा सुचना माग गरीएको पार्टीले जनाएको छ ।
निबेदनमा नयाँशक्ति पार्टी नेपाल सन्धिखर्क नगरपालीका ईन्चार्ज टोपबहादुर बलाल र संयोजक पुर्ण प्रसाद श्रेष्ठको हस्ताक्षर रहेको छ । निबेदन दर्तामा नयाँशक्ति पार्टी नेपालका केन्द्रीय संरक्षक परीषद सदस्य राजु नेपाली,अर्घाखाँची जिल्ला ईन्चार्ज छन्द पन्थी,कार्यालय सचिब पुस्करनाथ आचार्य र नगर सदस्य बोमबहादुर बिकको उपस्थीति रहेको थियो ।