नेकपा अर्घाखाँचीमा भुसाल र रायमाझीले जिम्मेवारी पाउँने भएपछि सर्वसाधारणमा खुशियाली

पिताम्बर भुसाल ( बाँया) र तोजबहादुर रायमाझी । 

मुक्तिनाथ भुसाल
 अर्घाखाँची । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकिकरण पश्चात नामाकरण गरिएको नेपाल कमन्युष्ट पार्टी (नेकपा) अर्घाखाँची नेतृत्वका लागि नाम सिफारिश भएको छ । प्रदेश स्तरीय कार्यदलले लामो समयको धनिभुत वहश, पूर्व एमाले र माकेका जिल्लास्थीत नेता तथा कार्यकताहरु सँगको परामर्श एवं राय सल्लाह बमोजिम अध्यक्ष र सचिवको नाम सिफारिश गरेको बुझिएको छ । जसअनुसार नेपाल कमन्युष्ट पार्टी (नेकपा) अर्घाखाँचीको अध्यक्षका लागि पिताम्वर भुसाल र सचिव पदका लागि तोज वहादुर रायमाझी सर्वसम्मत सिफारिशमा परेका छन् ।
जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ५ मा जन्मिएका पिताम्वर भुसाल १३ वर्षको उमेर देखी कमन्युष्ट राजनितिमा होम्मीएका एक सरल, शान्त तथा सहयोगी व्यक्तित्वका रुपमा चिनिन्छन् । पारिवारीक कठिनाईका बाभजुद राजनैति र अध्ययनलाई अगाडी बढाउने क्रममा भुसालले समाजशास्त्रमा डिग्री उर्तिण गरेका छन । ०५४ सालको स्थानिय निर्वाचनमा जिल्लाकैई कान्छो उम्मेदवारका रुपमा चर्चामा रहेका उनी अत्यधिक बहुमतका साथ गाविस अध्यक्षमा विजयी बनेर आफु लोकप्रिय भएको प्रमाणित गरेका थिए । आफनो गाउँमा कमन्युष्ट जोगाउन र फैलाउन ०४८ सालमा उनलाई प्राप्त भएको पार्टी प्रमुखको जिम्मेवारीलाई सफलता पूर्वक निर्वाह गरेपश्चात ३ नम्वर इलाका कमिटीको सदस्य, उपसचिव र सचिव पद उनलाई क्रमश प्राप्त भएको थियो । ०५४ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्यमा आबद्ध भएका भुसालले विगतमा क्षेत्र नम्वर एकको क्षेत्रीय कमिटी अध्यक्षमा रहदा पार्टीलाई मजवुद वनाएका थिए । पार्टी एकिकरण हुनु पूर्व नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य एवं जिल्ला संगठन विभागको प्रमुख पदमा रहेका भुसाल पार्टीका लागि एउटा बफादारी सिपाहीका रुपमा अथ्र्याउन सकिन्छ । घरको पैत्रिक सम्पती र श्रीमतीको जागिरवाट परिवार धानेका उनी फुलटाईम पार्टीको काममा खटिएका एक अनुशासित तथा अनुभवी नेता हुन । विभिन्न समयमा राजनैतिक तथा सुविधायुक्त नियुक्तीहरु प्राप्त हुदाँ लात हानेका भुसालले हालसम्म कमाउँधन्दाका लागि यनजीओको अनुभव नलिएको बुझिन्छ ।
     यसैप्रकार सन्धिखर्क नगरपालिका वडा नम्वर ९ मा जन्मिएका तोजवहादुर रायमाझी  पार्टीको सचिव पदका लागि सिफारिशमा परेका छन । भुसालकैई व्यक्तित्व सँग मेलखाने रायमाझी ०५८ सालमा पूर्ण भुमिगत भई जनयुद्धमा सहभागी एक साहसी नेता हुन । ०६० सालमा अनेरास्वीयु क्रान्तिकारीको अध्यक्ष र जिल्ला कमिटी सदस्य बनेका उनी वाईसियल जिल्ला संयोजक, पार्टीको राज्य समिती सदस्य, केन्द्रिय सदस्य र पार्टी एकिकरण हुनु पूर्वसम्म नेकपा माओवादी केन्द्रको जिल्ला सहसंयोजकको जिम्मेवारीमा रहेका थिए । जनयुद्धका समय ससश्त्र प्रहरी वेसक्याम्प भालुवाङ्ग, जिल्ला प्रहरी कार्यालय पाल्पा, कपिलवस्तु र अर्घाखाँची लगायतका स्थानहरुमा उल्लेखनीय भुमिका निर्वाह गरेका पार्टी उपनाम विधान, माओवादी भित्र अव्वल नेता मानिन्छन । 
केन्द्रियस्तरमैई नाम कमाउन सफल टोपवहादुर रायमाझी, नजिर मियाँ, चन्द्र वहादुर खड्का उज्वल, चेतनारायण आचार्य र रामजी प्रसाद घिमिरे लगायतका नेताहरु रहेको अर्घाखाँचीमा नयाँ नेतृत्व भुसाल र रायमाझीले पाउँने भएपछि सर्वसाधारण कार्यकर्ताहरुले न्यायको सिद्धान्तका रुपमा स्वागत गरेको अनुभुति मिलेको छ । जागिरमा लागेको भए सजिलेरी सहसचिव वन्न सक्ने क्षमता पालेका भुसाल र मरेर बाँचेका रायमाझी नेपाल कमन्युष्ट पार्टी (नेकपा) अर्घाखाँचीको नेतृत्वमा आउने भएपछि केही नगन्य नेताहरुमा छटपटयाट शुरु भएको सुनिएको छ । भुसाल र रायमाझीको लोकप्रियतालाई जिल्लावाट रोक्न समर्थन नमिल्ने बुझेका नगन्य विरोधीहरुले केन्द्रिय नेताहरुलाई भेटघाट गरि आफु अनुकुल नेतृत्वका लागि सक्रिय बन्ने बुझिएको छ । तत्कालिन नेकपा एमालेका नेताहरु शंखर पोख्रेल, दल वहादुर राना र तत्कालिन नेकपा माओवादी केन्द्रका मणि थापा एवं  गणेशमान पुन जस्ता दिग्गज नेताहरु सम्मीलीत प्रदेश स्तरीय कार्यदलले सुझवुझका साथ गरेको सिफारिश बदर हुने हो भने समग्र नेकपा पार्टीका लागि अनिष्टका रुपमा लिनुपर्ने देखिन्छ । आफुहरु उभिएको सार्वजनिक कार्यक्रममा अनियमित्ता, ढिलासुस्ती र भ्रष्टाचार हुनु हुदैन भन्दै वकालत गर्दै आएका भुसाल र रायमाझीको अगामी यात्रा जिल्लामा सम्झन योग्य बन्ने हो वा होईन ? त्यो भने भविष्यलेनैई निर्धारण गर्ने छ ।