प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ८ भदौ । अर्घाखाँची जिल्ला भित्र सञ्चालित रहेका सबै ट्याक्सीहरुले अब अनिबार्य मिटर जडान गर्नु पर्ने भएको छ । जिल्लामा झण्डै सवा सय ट्याक्सीहरु सञ्चालित रहेका छन ।
अर्घाखाँची ट्याक्सी ब्यबसायी समितिद्धारा सञ्चालित ट्याक्सीहरुले मिटर जडान नगरि निस्चित भाडामा हिड्दा यात्रुहरु ठगिएको भन्दै एक महिना भित्र अनिबार्य मिटर जडान गर्न निर्देशन जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको संयोजकत्वमा जिल्लाको यातायात तथा फुटपाथ व्यवस्थापन सम्बन्धमा बसेको बैठकले १ महिना भित्र अनिवार्य रुपमा मिटर जडान गरि मिटरको आधारमा यात्रु बोक्नु पर्ने निर्णय गरिएको हो । जथाभावी सडकमा राखिएका निर्माण सामग्रीले सवारि आवागमनमा कठिनाई भएपछी सडकमा राखिएका निर्माण सामग्री १५ दिन हटाउने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्रिका चौधरीले जानकारी दिए ।
सन्धिखर्कमा व्यापारिक प्रयोजनका सामाग्री सटर भित्र राख्न निर्देशन
व्यापारिक प्रयोजनका सामाग्री सटर भित्र राख्न निर्देशन दिईने र अटेरी गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ । दुर्घटना न्युनीकरण गर्न जिल्लाको सडकमा रहेका घुम्तीहरुमा ऐना राख्ने , खालटाखुल्टी पुर्ने र आवश्यक स्थानमा सिसिटिभी क्यामेरा जडान गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
सन्धिखर्क बजारमा ट्रकहरुलाई बिहान ९ देखि १०:३० बजे र दिउँसो ३:३० देखि ५ बजेसम्म निषेध, मिडियाचोकको बाटोलाई वन वे
सन्धिखर्क बजारको बजार एरियामा मालवाहक ट्रकहरुलाई बिहान ९ बजेदेखी साढे १० र दिउँसो साढे तिनदेखी ५ बजेसम्म निषेध गरिनेछ । मिडियाचोकको बाटोलाई वन वे बनाईएको छ । अब शान्ती बगैंचाबाट बसपार्क जाने गाडी, मिडियाचोक हुँदै जानुपर्नेछ भने फर्कदा बैंकरोड हुँदै शान्ती बगैंचा जानु पर्नेछ ।
मेलापर्व नजिकिएको र अव्यवस्थित यातायातले दुर्घटनाको खतरा भएकाले व्यवस्थित गर्न लागीएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख चौधरीले जानकारी दिए ।