अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची भदौ १०, २०७५ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल बंगलादेश बैंक लिमिटेड शाखा कार्यालय अर्घाखाँची संचालनमा आएको छ ।
नेपाल बङ्गलादेश बैक लिमिटेडको ७६ औं शाखा सन्धिखर्क १ मेनरोडमा आइतबार एक कार्यक्रमका बिच सुभारम्भ भएको हो। सुभारम्भ कार्यक्रममा बोल्ने बक्ताहरुले अर्घाखाँची जिल्लामा सञ्चालनमा आएका र आउँदै गरेका बैंकहरुले सेवाग्राहीको पक्षमा सेवा दिन आग्रह गरेका छन् ।
बैंक उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेल, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपाल चेम्बर अफ कर्मश अर्घाखाँचीका अध्यक्ष अशोक श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम लेकाली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक नवराज मल्ल, नेकपाका अध्यक्ष पिताम्बर भुसाल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति केशवराज कुँवर, हेवी इक्युप्मेन्ट व्यवसायि समितिका बरिष्ठ केन्द्रिय उपाध्यक्ष बसन्त भुसाल, निर्माण व्यवसायिन नारायण प्रसाद बञ्जाडे, कवि खनाल, समाजसेवि धर्मराज भुसाल, निर्माण व्यवसायि, सेवाग्राही, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल बंगलादेश बैंक लिमिटेडका सिईओ सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।