लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची, ११ भाद्र २०७५ । सवारी चेक जाँच लाई तिब्रता दिदै जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले सडकमा राखिएका निर्माण सामग्री हटाउने भएको छ ।
जथाभावी सडकमा राखिएका निर्माण सामग्रीले सवारि आवागमनमा कठिनाई भएपछी सडकमा राखिएका निर्माण सामग्री हटाउने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्रिका चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाको सडकमा रहेका घुम्तीहरुमा ऐना राख्ने , खालटाखुल्टी पुर्ने र आवश्यक स्थानमा सिसिटिभी क्यामेरा जडान गरिने भएको छ । जिल्ला भित्र रहेका सबै ट्याक्सीहरुमा १ महिना भित्र अनिवार्य रुपमा मिटर जडान गर्नुपर्ने पनी जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सन्धिखर्कको बजार एरियामा मालवाहक ट्रकहरुलाई बिहान ९ बजेदेखी साढे १० र दिउँसो साढे तिनदेखी ५ बजेसम्म निषेध गरिनेछ ।
त्यस्तै मिडियाचोकको बाटोलाई वन वे बनाईएको छ । अब शान्ती बगैंचाबाट बसपार्क जाने गाडी मिडियाचोक हुँदै जानुपर्नेछ भने फर्कदा बैंकरोड हुँदै शान्ती बगैंचा जानु पर्नेछ । मेलापर्व नजिकिएको र अव्यवस्थित यातायातले दुर्घटनाको खतरा भएकाले व्यवस्थित गर्न लागीएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख चौधरीले जानकारी दिनुभयो ।