अर्घाखाँचीमा १६ वर्षीया किशोरीलाई भारतमा लगि बेचेको आरोपमा ३ जना पक्राउ

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची भाद्र ११, २०७५ । १६ वर्षीया किशोरीलाई भारतमा लगि बेचेको आरोपमा अर्घाखाँची प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
 अनुसन्धानको क्रममा किशोरीलाई ललाइफकाई दार्जिलिङ् लगेको देखिएपछि तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत खिमबहादुर घमले बताउनुभयो । 
किशोरी बेचेको आरोपमा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडानम्वर ४ बस्ने एलिसा घिमिरे, सितगंगा नगरपालिका वडानम्वर ३ खसर्का बस्ने शिसिर भनीने प्रकाश पौडेल र नवराज पौडेल पक्राउ परेका हुन । 
तीनै जनालाई अर्घाखाँची जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।