Menu
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला समाचार
राष्ट्रिय समाचार
पालिका समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
विश्व समाचार
साहित्य
सम्पर्क
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला समाचार
राष्ट्रिय समाचार
पालिका समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
विश्व समाचार
साहित्य
सम्पर्क
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
शून्य छ (गज़ल)
भाद्र १२ गते, २०७५ मा प्रकाशित
– कोमल भट्ट
च.न.पा-१३, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका
गयौ तिमी,मन शून्य छ
निवास,आँगन शून्य छ
सहस्र दर्द छ देहमा
छ रुद्ध धड्कन शून्य छ
सताउँदै छ उजाडले
फुलेन कानन शून्य छ
रहेन आस बहारको
उडेर शोभन शून्य छ
निकास बन्द छ आँसुले
छ तीव्र रोदन शून्य छ
लग्यो चुँडेर निष्ठुरले
दुखेर आसन शून्य छ
न बज्छ गीत मिठासको
न चल्छ वाहन,शून्य छ
छिनेछ तार सितारको
सुनिन्न गायन शून्य छ
लुट्यो सुशान्ति वियोगले
बढेर उल्झन शून्य छ
विदीर्ण भो तन बेसरी
प्रगाढ चिन्तन शून्य छ
धुजा भए सब चाहना
विरक्तले पन शून्य छ
छ अन्धकार जताततै
निभेछ रोशन शून्य छ
निल्यो सदैव हताशले
फुरेन सिर्जन शून्य छ
भएन छङ्ङ कतै पनि
धिमा छ लोचन शून्य छ
रिझेन दैव कसै गरी
पुकार,साधन शून्य छ
थचारिए परिकल्पना
समग्र वाञ्छन शून्य छ
निसासिँदै छु पला पला
खुलेन जीवन शून्य छ
ISI SII SIS
तालूङ छन्द
गण :- ज भ र
विश्राम:- ४ अक्षरमा
अन्य समाचारहरु
रामनवमी पर्व मनाइँदै : आज सार्वजनिक बिदा
सिकिन्दरका तमिल निर्देशक, जसले दिलाएका थिए बलिउडलाइ पहिलो १०० करोड
‘जेरी अन टप’ छायांकन सम्पन्न, बजेट पुग्यो ६ करोड
शिक्षक हुनु केवल पेशा मात्र होइन, यो त सेवा, समर्पण, र समाज परिवर्तन गर्ने पवित्र यात्रा हो।
रचना र नागेन्द्रको यती माया गरुँकीमा प्रवीन र समिक्षा
यी हुन दर्शकले बढी प्रतिक्षा गरेका ७ बलिउड फिल्म