नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ६ नरपानीमा चितुवाको जिवितै उद्दार गरिएको छ ।
नरपानीमा बदेल मार्न थापिएको पासोमा परेको चितुवालाई चितुवाको उद्दार गरिएको हो ।
चितुवालाई पत्रकार प्रेम खड्काले उद्दार गरेका थिए । खड्कालाई वन कार्यालयले जिवितै उद्दार गरेको भन्दै सम्मान समेत गरेको छ । चितुवाको उद्दारमा प्रहरीको एक टिम पनि पुगेको थियो ।
चितुवाको ३८ किलो तौल, ६ फिट लम्बाई रहेको छ । चितुवालाई अहिले वन कार्यालयमा राखिएको छ ।