अर्घाखाँचीडट्कम संवाददाता
सिलाङ, भारत (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर- ११ डिभर्ना जोगिमारेका निम बहादुर खत्रीको भारतको सिलाङमा सुतेको अवस्थामा निधन भएको छ ।
भारतको सिलाङमा डिभर्ना जोगिमारेका ६६ वर्षिय निम बहादुर खत्रीको सुतेको अवस्थामा निधन भएको हो । परिवारसँग सँगै सुतेका खत्री मंगलवार बिहान मृत फेला परेका थिए । खत्री लामो समयदेखि सिलाङमा कार्यरत थिए।
राति राम्रो अवस्थामा सुतेका खत्री बिहान बोलाउदा नउठेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । शबलाई पोस्ट मार्टमका लागि स्थानिय अस्पतालमा लगिएको थियो ।
साथै घटनापछि नेपालीबासीको उपस्थीत रहेको थियो र दाहसंस्कार गरिएको छ ।