अर्घाखाँचीका २२ सरकारी कार्यालयहरूमा छड्के, ४७ जना कर्मचारीहरू अनुपस्थित

Image result for कार्यालय arghakhanchi

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जिल्लाका सरकारी कार्यलयको बुधवार छड्के अनुगमन गरेको छ ।
जिल्ला स्थित विभिन्न २२ सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरिएको हो ।
बुधवार विहान १० बजेदेखि १०:२० बजेसम्म छड्के अनुगमन गरिएका कार्यालयहरूमा जिल्ला प्राविधिक कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, विशेष नापी कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, साविक कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग समितिको कार्यालय, जिल्ला हुलाक कार्यालय, सिंचाई विकास डिभिजन कार्यालय, सन्धिखर्क नगरपालिकाको कार्यालय, जिल्ला भू-संरक्षण कार्यालय, सालझण्डि-ढोरपाटन सडक आयोजनाको कार्यालय, नेपाल विद्युत प्राधिकरणको कार्यालय, नेपाल टेलिकम, जिल्ला निर्वाचन कार्यालय, जिल्ला आयुर्वेद कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाई, साविक जिल्ला वन कार्यालय, साविक जिल्ला पशु कार्यालय रहेका छन् ।
 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट गरिएको आकस्मिक छड्के अनुगमनमा विभिन्न कार्यालयका गरी ४७ जना कर्मचारीहरू विदा स्वीकृत नगरी अनुपस्थित रहेको र १ जना कर्मचारी निर्धारित पोशाकमा नभएको पाईएको थियो । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अनुपस्थित र निर्धारित पोशाक नलगाउने कर्मचारीहरूलाई निजामती सेवा ऐन, २०४९ को दफा ४१ विपरित भएको पाईएकोले सो सम्बन्धमा के कसो भएको हो ? आवश्यक छानविन गरी नियमानुसार कारवाही गर्न र सो को जानकारी गराउन सम्बन्धित कार्यालयलाई लिखित निर्देशन दिएको छ ।
Image result for नापी कार्यालय arghakhanchi