सागर महत
भन्डार, अर्घाखाँची भदौ १५ । सुआहाराको आयोजनामा मालारानी गाँउपालिका वार्ड नम्वर ५ भन्डारमा सुनौलो हजार दिन भित्र पर्ने बच्चाका आमा पोसिलो खाना बनाउने तालिम सम्पन्न भएको छ ।
किशोर किशोरी तथा दुई बर्ष मुनिका बच्चा र बच्चाका आमाको पोषण अवस्थामा सुधार ल्याउने उदेश्यले सहभागीलाइ कार्यक्रम स्थलमै पोसिलो खाना बनाएर तालिम प्रदान गरिएको हो ।
कार्यक्रम मा स्थानीय बुद्धि जिवी, दुई बर्ष भन्दा मुनिका बच्चाका आमा ,महिला स्वस्थ्य स्वयं सेविकाको सहभागीता रहेको थियो ।
पोसिलो खानाको महत्वका बारेमा फिल्ड सुपरभाइजर चन्द्र पाण्डेले प्रशिक्षण दिनु भएको थियो । कुपोषण हटाउन सुआहारा कार्यक्रम स्थानीय स्तरमा प्रभावकारी भएको सहभागीहरुले बताएका छन ।