नरपानीलाई पूर्ण रुपमा मदिरा निषेधित क्षेत्र घोषणा, बेच्नेलाई कारबाही, भिडन्तपछि अहिले नरपानीको अबस्था सामान्य

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्भिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीमा भएको कपिलवस्तु र सन्धिखर्कका युवाहरु बिचको भिडन्त सामान्य भएको र भोली आईतबारबाट नै त्यस क्षेत्रलाई पूर्ण रुपमा मदिरा निषेधित क्षेत्र घोषणा गरिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भएको छ ।
यस्तै नरपानी र सुपादेउराली क्षेत्रमा कसैले पनि मदिरा बेचबिखन गर्न नपाउने र बेचेमा कारबाही गरिने छ ।
उता शनिबार घटनामा परि सन्धिखर्कका ३ जना युवाहरु घाईते भएका छन । घटनमा सङलग्न भएका कपिलवस्तुका १३ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको समेत प्रजिअ भुसालले जानकारी दिनु भयो ।
नरपानी दिनभर तनाब ग्रस्त रहेको थियोे । सन्धिखर्कबाट प्रजिअ खिमराज भुसाल सहितको सुरक्षा निकाएका प्रमुखहरुको टोली घटना स्थलमा पुगेर सत्यतथ्य पत्ता लगाएपछि कपिलवस्तुका युवाहरुलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक खिम बहादुर घमले बताउनु भयो । अहिले नरपानीको अबस्था सामान्य रहेको छ ।
सुपादेउराली पुजाको प्रसाद खान पुगेका युवाहरु बिच दिनभर झडप भएको थियोे ।
सम्बन्धित समाचार: