सन्धिखर्कमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको बिरोध सभा सम्पन्न (फोटो फिचर)

बसन्त खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संघियता खारेज, मुल्यवृद्धी र चर्को कर वृद्धीको विरोधमा सन्धिखर्कमा  बिरोध सभा सम्पन्न गरेको छ । 
सन्धिखर्कको शान्ति बगैंचामा सम्पन्न बिरोध सभा अगाडि प्रर्दशनकारीहरुले चुत्राबेशी, सन्धिखर्क बजारमा परिक्रमा गरेका थिए । 
सभालाई राजमोका जिल्ला अध्यक्ष थम्मन केसी, प्रदेश ५ का शेर बहादुर बिसी, महिला संघकी केन्द्रिय उपाध्यक्ष सकुन्तला राना, किसान संघका केन्द्रिय अध्यक्ष कृष्ण केसी, पशुपती ढकाल लगायतले सम्बोधन गरेका थिए ।   
जिल्ला अध्यक्ष थम्म्मन केसीको अध्यक्षता सचिब बाबुराम पन्थीको संचालन प्रमुख अतिथी केन्द्रिय सदस्य झबिलाल थापाले जबसम्म नेपाली जनताहरुले संघीयता खारेजी नगरे यो देशले ठूलो क्षेती बेहोर्नु पर्ने बताएका थिए । जनताहरुको कर खाएर प्रहरीले शान्तिपुर्ण आन्दोलनमा दमन गर्नु भन्दा यो देशमा भएका बलात्कार हत्या हिंसा कालोबजारी भस्ट्रचारीलाई समाउनु सट्ता शान्तिपुर्ण आन्दोलन दमन गरेको बताएका थिए ।
जुलुशमा हस्तक्षेपकारी वामसरकार मुर्दावाद!! जनविरोधी सरकार मुर्दावाद!! संघियता खारेज गर!! तीव्रकर वृद्धि फिर्ता गर, बलत्कारीलाई फासी दे, भष्टचारीको हात काट्दे लगायतका प्ले कार्ड बोकेर बजार परिक्रमा गरेका थिए ।
सभा गोपाल पौडेलको स्वागत मन्तब्य सम्पन्न भएको थियो ।  
उता हिजो साँझ अायोजना गरेको शान्तिपुर्ण मसाल जुलुशमाथी वामसरकारको प्रहरीले हस्तक्षेप गरेको थियो।