सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले न्युनतम करतिर्ने बानीको बिकास हुनु पर्ने बताउनु भएको छ ।
सन्धिखर्क नगर चेम्बर अफ कमर्सका पदाधिकारीलाई बधाई दिदै तथा पत्रकार सम्मेलनको सन्धिखर्कमा उदघाटन गर्दै नगरप्रमुख भुसालले बाहिर हल्ला अाए जस्तो कर बृर्दि नगरिएको र त्यो हल्ला मात्रै भएको बताउनु भएको हो । उहाले हराभरा नगरपालिका बनाउने अभियानमा अाफुहरु लागेको बताउदै निजि क्षेत्रको ठूलो सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
भुसालले संस्था खोल्नु भन्दापनि त्यसलाई निरन्तरता दिनु सबैभन्दा ठूलो चुनौती भएको बताउदै उधोगि ब्यापारी नगरबासीको पक्षमा काम गर्न पदाधिकारीलाई अाग्रह गर्नु भएको हो।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कानले उधोगी ब्यापारीहरुको पक्षमा काम गर्ने बलियो संस्था अर्घाखाँचीमा स्थापना भएपछि यसले जनताको हित र पक्षमा काम गर्नेमा अाफुहरु बिश्वात रहेको बताउनु भयो । मुस्कानले जिल्लाको समग्र बिकासका लागि सहमति सहकार्य एकताबाट अाफुहरु अगाडि बढेको बताउदै काङ्ग्रेसले जहिलेपनि जनताको पक्षमा काम गर्ने बताउदै बिकास निर्माणका कामहरुलाई जनचाहाना अनुसार अगाडि बढाउन स्थानियतहहरुलाई अाग्रह गर्नु भयो ।
कार्यक्रममा वार्ड अध्यक्ष युवराज बन्जाडे नेपाल पत्रकार महासघका अध्यक्ष हिम बहादुर जिसी लेकाली, बिबेक सिल साझा पार्टिका अध्यक्ष हरि प्रसाद भुसाल लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम चेम्बर अफ कमर्स नगरसभापति देबराज श्रेष्ठको अध्यक्षता महासचिब ज्ञान बहादुर बिकको सन्चालन कोषाध्यक्ष मन्जु केसीको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा संस्थाले गर्ने काम यसको अधिकार स्थापना गर्नुको कारण सस्थाको विधि बिधानका बारेमा अध्यक्ष देवराज श्रेष्ठले पत्रकारहरुलाई जानकारी गराउनु भएको थियोे ।