प्रेमनारायण आचार्य
कुर संखेटारी, अर्घाखाँची १९ भदौ । अर्घाखाँचीको सन्धिखर्कमा रहेको भगवती माध्यमिक विद्यालय कुर संखेटारीमा अपांगता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
अपांगता भएका वालवालिकाहरुको लागि लक्षित गरेर काम गर्दै आएको विकलांग मित्र समुह अपांग वाल अस्पताल तथा पुनस्थापना केन्द्र सक्षम परियोजनाले विद्यालयका ९ र १० कक्षाका विद्यार्थीकालागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
अपांगता भएर उपचार नपाइ बसेका वालवालिकाहरुको पहिचान तथा अपांगताका बारेमा जानकारी दिन अभिमुखी करण कार्यक्रम सञ्चालन गरेको सक्षम परियोजनाकी सहायक पुनस्थापक रक्षा पाण्डेले बताउनु भयो । अभिमुखीकरण कार्यक्रमको पुनस्थापक सहायक रक्षा पाण्डे र सुजिता थिंकले गर्नु भएको थियो ।
सक्षम परियोजनाबाट अर्घाखाँचीका ३ सय ५ अपांग वालवालिकाले निशुल्क उपचार पाएका छन । गत बर्ष १२ र यस बर्ष ६ विद्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको परियोजनाका जिल्ला संयोजक लेखनाथ आचार्यले बताउनु भयो । १८ बर्ष मुनीका शारिरिक अपांगता भएका व्यक्तिलाइ लक्षित गरेर कार्य सञ्चालन गरेको उहाको भनाइ छ ।