प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २१ भदौ । यहि भदौ १८ गते सोमबार सन्धिखर्क नगरपालिका–१२ बस्यालटोला नजिकै बोरामा फालेको अबस्थामा भेटिएको शबको पहिचान भएको छ ।
सन्धिखर्क १२ बस्याल टोलाको चिलीयाथुम खोल्सामा भेटिएको शब कपिलबस्तु वाणगंगा नगरपालिका वाड नम्वर ७ धैरेनीडाडाका ३६ बर्षिय धनबहादुर घर्ती मगरको रहेको पुष्टी भएको हो ।
डिभर्ना बस्याल टोलाका महिलाहरु ख¥यानमा घास काटन गएको समयमा गन्ध आएपछि के मरेछ भनेर खोज्दै जादा स्थानीयहरुले अनुहारनै नचिनिने अबस्थामा मानसिको शब देखेका थिए । मानिसको शब देखेपछि स्थानीयहरुले प्रहरीलाइ खबर गरेका थिए ।
बेबारिसे शब भेटिए पछि प्रहरीले अनुसन्धान थालेको थियो । वेवारिसे शब भेट्टिएको २ दिन पछि कपिलवस्तुको बाँणगंगा ७ धैरेनीडाँडा बस्ने ३६ बर्षको धनबहादुरको हुन सक्ने भन्दै मंगलबार राती श्रीमती राधा घर्ती मगर जिल्ला अस्पतालमा आएर शब हेरिन । शब हेरेपछि मेरो श्रीमानको शब हैन भनेर राधा फर्किइन । प्रहरीले राम्रो संग हेर्नुस हुन सक्छ भन्दा मेरो श्रीमानलाइ मैले भन्दा अरु कस्ले चिन्न सक्छ । उनले भनिन यो शब मेरो श्रीमानको हैन । आफ्नो श्रीमानको लास नभएको भन्दै राती नै राधा घर फर्केकी थिईन ।
प्रहरीले फेरि राधालाइ जिल्ला प्रहरी कार्यलयमा बोलायो । शबको बारेमा फेरि अनुसन्धान सुरु गर्यो । प्रहरी संग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर प्रहरी संग झुटो विवरण बताइन । प्रहरीलाइ शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्नो प्रेमीले हत्या गरेको खुलासा गरिन । हत्या गरेर बोरामा बानेर फालेको उनले स्विकार गरिन ।
यसरि सुरु भयो अपराधको घटना
कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा निबासी ३३ बर्षिय राधा घर्तिमगरको श्रीमान ३६ बर्षका धन बहादुर घर्तिमगर कामको सिलसिलामा बागलुङ गएका थिए । त्यहि मौका छोपी भदौ १० गते राधाका प्रेमी रुकुम घर बताउने रमेश विक बिदेशबाट राधाको घरमा आए । उनी राधा संगै घरमा तीन दिन संगै बसे ।
राधा , राधाकी आमा र रमेश तीन जना भएर कपिलवस्तु बाट अर्घाखाँचीको यात्रा तय गरे । सन्धिखर्क बाट ट्याक्सी चढेर राधाको माइती सन्धिखर्क नगरपालिका वाड नम्वर १२ डिभर्नाको बस्याल टोला पुगे ।
उता दशैमा आउँछु भनेर बागलुङ गएका राधिकाका श्रीमान धन बहादुर घर्तिमगर अचानक घर आए । घरमा श्रीमतीलाइ देखेनन । श्रीमती नदेखेपछि फोन गरे । फोनमा किन नभनि माइति गएको भनेर कुराकानी भयो । कुराकानीकै क्रममा वादविवाद भयो । त आउने कि म आम भनेर चर्काचर्की भयो । राधाले तपाई आउन पर्दैन । भाडा छैन । म भोलि आउछु भनेर भनिन । त्यतिकैमा कुराकानी सकियो ।
धनबहादुर एक्कासी १३ गते साझनै ससुराली डिभर्ना आइपुगे । सुरुरालीमा श्रीमतीले अर्कै मान्छे लिएर आएको देखेपछि उनीहरु विच भनाभन सुरु भयो । भनाभन पछिको उग्र रुपले धनबहादुरको हत्या भयो । हत्या गरेर बोरामा बाधेर जंगलमा फालेको प्रहरी अनुसन्धानमा राधा र उनको माइती परिवारले स्विकार गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक खिमबहादुर घर्ती मगरले बताए ।
धनबहादुरको हत्या गरेको अर्को दिन राधा र रमेश विहानै कपिलबस्तु तर्फ लागे । राधा वाणगंगा र रमेश आफ्नो सुटकेस समेत नलगिकन आफ्नो सुटकेस पठाइदिन भनेर बनगाइ बाट हिडेको राधाले बताएकी छन । राधिकाको बुबा आमा र राधिकालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
अर्घाखाँची डट्कम्ले फ्लोअप गरिरहेको अवस्थामा बेलुका ५ बजे प्रहरीले मृतक धन बहादुर घर्तीकि श्रीमती राधा र सासु लाई ज्यान मार्ने कसुरमा मुद्दा दायर गरेको छ ।