सहकारीको माध्यमबाट अर्घाखाँची लाई समृद्ध बनाउन सकिन्छ ; रामजी प्रसाद घिमिरे

अर्जुन भुसाल

छत्रगञ्ज अर्ग्घाखाँची,(अर्ग्घाखाँची डट्कम) प्रदेश सभा क्षेत्र नं. २ का सदस्य रामजीप्रसाद घिमिरेले सहकारीको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताउनु भएको छ ।

उहाँले एक स्थानीय तहमा एक विशाल सहकारी गठन गर्नु पर्नेमा जोड दिनु भएको छ । छत्रेश्वर साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्राररम्भिक साधरण सभालाई सम्वोधन गर्दै उहाँले प्रत्येक घरधुरीलाई सहकारीमा आवद्ध गराइ उत्पादन मुलक काममा लगाउनु पर्ने बताउनुभयो ।

सांसद घिमिरेले प्रदेश सरकारले सहकारीहरुको प्रवन्धनका लागि विशेष कार्ययोजना तय गर्न लागेको बताउदै घिमिरेले सरकारले एक सहकारीलाई एक करोड सम्म विना व्याज ऋण उपलव्ध गराउने भन्दै परियोजना प्रस्तावना पेश गरेपछि ऋण पाउन सकिने बताउदै 

उहाँले सिपयुक्त महिला आत्मनिर्भरतामा पहिला भन्ने नारा तय गरेर महिला सशक्तिकरणका कार्यक्रम लागू गर्न लागेको बताउनुभयो । 

प्रदेश सांसद विमला पन्थीले महिलाहरुलाई सहकारीले आत्मनिर्भर बन्न प्रेरित गरेको बताउनु भयो । उहाँले सहकारीले आर्थिक उपार्जन मात्र नभएर महिला सशक्तिकरणमा समेत महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेलले विदेशीएका युवाहरुलाई गाउँमै फिर्ता गराइ उत्पादन मुलक काममा लगाउन गाउँपालिकाले योजना बनाउन लागेको बताउनुभयो ।
 उहाँले युवाहरुलाई सहकारीमा आवद्ध गराइ बेरोजगारी समस्या हल गर्ने बताउनुभयो । पोख्रेलले छत्रदेव गाउँपालिकामा खेती गर्न सिंचाइको असुविधा भएकाले सिंचाइका लागि बर्खेपानीको संकलन गर्ने व्यवस्था मिलाइने बताउनुभयो ।

कार्यक्रमममा वडा नं. ६ का अध्यक्ष कमल पौडेल, ५ का अध्यक्ष बालकृष्ण श्रेष्ठ, ६ नं. वडा सदस्य सविता शाह, नेपाल कृषि सहकारी केन्द्रीय संघका कार्यक्रम अधिकृत वसन्त अर्याल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली लगायतले मन्तव्य राखेका थिए । 

कार्यक्रम संस्थाकी अध्यक्ष रुपा प्रधानको अध्यक्षता उपाध्यक्ष खुमकला भट्टराईको स्वागत मन्तव्य र कृषि सहकारी संघ फिल्ड प्रशिक्षक उमा भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।