अर्घाखाँचीमा फेरि चितुवाको आतंक शुरु, किमडाँडामा एक बालिका खायो


किमडाँडामा चितुवाको आक्रमणबाट पाँच वर्षीया बालिकाको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिका-१० धरम्पानी करनढुंगा निवासी रिखीराम रानाकी छोरी पाँच वर्षीया सदीक्षा रानाको मृत्यु भएको हो। तीजको समयमा मामाघर जानेक्रममा उनी चितुवाको आक्रमणमा परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए। आमासँग सन्धिखर्क ८ किमडाँडा पकले जाने क्रममा बाटोमा पर्ने सानी आमाको घर नजिकै बालिकालाई चितुवाले आक्रमण गरेको हो। तीन बहिनीसँगै चाउचाउ किन्न गएर घर फर्कने क्रममा लामो खरेयानमा लुकेर बसेको चितुवाले बालिकालाई आक्रमण गरेर जंगलतर्फ लगेको थियो। हामी बसेर चाउचाउ खाँदै थियाँै बिचमा बसेकी कान्छी बहिनीलाई चितुवाले लगेर गयो भन्दै रुँदै आमा र सानी हजुर आमालाई मृतकको दिदीले बताएपछि स्थानीयबासी हारगुहार गर्दै जंगलतर्फ गएका थिए। खोज्दै जादा चितुवाले खाएर क्षतविक्षत अवस्थामा बालिकाको शव भेटिएको हो। घटनास्थलको प्रकृति मुजुल्कासहित पोस्टमार्टमको निम्ति जिल्ला अस्पताल लगिएको छ। चितुवाले पछिल्ला तीन वर्षमा डेढ दर्जन बालबालिकामा आक्रमण गरेको छ। जस्का कारण १२ जनाको ज्यान गएको छ। ६ जना घाइते उपचारपछि घर फर्किएका छन्।  चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोटलगायतका स्थानीय त्रसित छन्। 

प्रेम खड्का

सन्धिखर्क अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ८ किमडाँडामा चितुवा द्वारा आक्रमण गर्दा एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका १० धरमपानी करनढुंगा निबासी रिखिराम राना र पुस्पा रानाको ६ बर्षकि कान्छी छोरी सदिच्छा राना रहेकी छन।
आफ्नो आमा संग सोही नगरपालिका ८ किमडाँडा पकले जाने क्रममा बाटोमा पर्ने सानी आमाको घर बसेर अर्कोदिन पकले जाने योजना रहेको थियो।
बाघ लागेको छ।यताउता नजाउ भन्दाभन्दै पसलमा चाउचाउ किनेर फर्कदाँ घर नपुग्दै चितुवाले आक्रमण गरेको सानिआमाले बताउनु भयो।
तीन बहिनी संगै चाउचाउ किन्न गएर घर फर्कने क्रममा लामो खरेयानमा लुकेर बसेको चितुवाले बालिकालाई आक्रमण गरि जंगल तर्फ लगेको थियो।
हामी बसेर चाउचाउ खाँदै थियौ। बिचमा बसेको कान्छी बहिनिलाई चितुवाले लगेर गयो भन्दै रुँदै आमा र सानी हजुर आमालाई मृतकको दिदिले बताएपछी स्थानीय बासिहरु हारगुहार गर्दै जंगल तर्फ गएका थिए।तर बालिकालाई जिबित भेट्टाउने प्रयास असफल भयो।
अहिले घटनास्थलको प्रकृति मुजुल्का सहित पोस्टमार्टमको निम्ति जिल्ला अस्पताल लैजाने तैयारी भैरहेको छ।
घटनाको खबर पाउना साथ जिल्ला प्रहरी कार्यालयको टोलि घटनास्थलमा आई तिब्रताका साथ खोजिकार्यमा सहभागी भएका थिए।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल ,प्रहरी नायब उपरीक्षक नवराज मल्ल जिल्ला बन कार्यालय प्रमुख दिपक ज्ञवाली लगायत स्थानिय ,बजारबासी लगायतको सयौंको जमघट भएको थियो।
अहिलेसम्म अर्घाखाँची जिल्लामा चितुवाको आक्रमण बाट डेढदर्जन बालबालिकाको नोक्सान भएको छ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ धरमपानीमा एक ५ वर्षिय बालिकालाई चितुवाले आक्रमण गरेको छ ।

नगरपालीकाकै धरमपानी बाट आफ्नो मावलि घर किमडाडाँ आएकी  रिसिराम राना र पुष्पा रानाकी छोरी सदिक्षा रानालाई आफ्ना ३ साथी संगै पसलबाट चाउचाउ खरिद गरि घरमा फर्किने क्रममा नेपाली चौरबाट चितुवाले आक्रमण गरेको स्थानिय वासिले बताएका छन ।

नेपाल प्रहरी र स्थानीयवासिको खोजतलास गर्दै जादा घर भन्दा तल जङ्गलमा बालिका मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।