ढाकावाङ्गको बाल शिक्षा मावि र प्रभाकर मा.वि.धारापानीमा अखिल छैठौं अर्घाखाँचीको सचेतना अभियान कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
ढाकावाङ्ग, अर्घाखाँची । सामाजिक अन्धबिस्वास र बिकृतिका बिरुद्ध सचेतना अभियान थालेको अखिल छैठौं अर्घाखाँचीले आज बाल शिक्षा मा.वि.ढाकावाङ्ग र प्रभाकर मा.वि.धारापानीमा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा अखिल छैठौंका जिल्ला उपाध्यक्ष बिष्णु के.सी.,कोषाध्यक्ष पुरन नेपाली,सह–सचिव सन्देश खनाल र सदस्य हिम्मत खनालले समाजमा घटिरहेका सामाजिक कु–प्रथा,बलत्कार,हत्या तथा लैङ्गिक हिंसा बिरुद्ध सचेतना मुलक प्रशिक्षण दिंदै सामाजिक बिकृतिका बिरुद्ध सचेतना छर्न विद्यालय र विद्यार्थी नै बलियो आधार भएको बताउंदै शिक्षक र विद्यार्थी एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
आसन्न असौजको पहिलो हप्तामा सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन गर्ने तयारी गरेको अखिल छैठौंले सम्मेलनको पूर्व सन्ध्यामा सांगठानिक गतिबिधिको साथसाथै सामाजिक सचेतना अभियान पनि संचालन गरेको हो । विद्यालयमा बिषयगत प्रशिक्षण पछि आजै सम्पन्न सांगठानिक भेलाले अमृता खनालको अध्यक्षतामा ५७ सदस्यिय अखिल छैठौं बालशिक्षा मा.वि.मुल इकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा शुसिल खनाल,सचिव मनिषा खनाल,सह–सचिव सिर्जना घ.म.र कोषाध्यक्षमा रन्जिता खनाल निर्बाचित हुनुभएको छ ।
यस्तै भेलाले घनश्याम नेपालीको अध्यक्षतामा ६१ सदस्यिय अखिल छैठौं प्रभाकर मा.वि.मुल इकाइ समितिको पनि गठन गरेको छ । जसको उपाध्यक्ष,सचिव,सह–सचिव र कोषाध्यक्षमा क्रमशः सविता बन्जाडे,देव बहादुर राना,करिना बन्जाडे र देवेन्द्र रेश्मी चयन हुनुभएको छ ।
अखिल छैठौं अर्घाखाँचीले“शैक्षिक ब्यापारीकरण र संघियता बिरुद्ध हाम्रो आन्दोलन,जनवादी शिक्षा र राष्ट्रियताको रक्षाका लागि २४ जिल्ला सम्मेलन”भन्ने मुल नाराका साथ आसन्न असौजको ५ र ६ गते सन्धिखर्कमा २४औं जिल्ला सम्मेलन गर्ने छैठौका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।