प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ को हल लाइनको एक पसलमा चोरी भएको छ ।
हल लाइनको पुस्पा स्टोरमा गए राती ५० हजार रुपैया नगद सहित केही बेच्न राखिएका सामाग्री चोरी भएको हो ।
राम कृष्ण बानियाको पसल मंगलवार राती ११, १२ बजेको समयमा चोरी भएको अनुमान गरिएको छ । तीजको दर खाने दिनको मौका पारेर चोरी गरिएको प्रहरीले अनुमान लगाएको छ । साँझसम्म कोही पनि प्रकाउ परेको छैन् ।
पसलको ताल्चा तोडिएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान भईरहेको बताएको छ ।