जिल्ला अदालत अर्घाखाँचीद्दारा जबरजस्ती करणीपछि हत्या मुद्दामा जन्मकैदको फैसला, आटिकापाटा कारागार चलान

Image result for जिल्ला कारागार अर्घाखाँची

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीले जबरजस्ती करणीपछि हत्याको आरोपमा एकजनालाई जन्मकैदको फैसला सहित अर्घाखाँची जिल्ला कारागार आटिकापाटामा पठाइएको छ।
जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले सो फैसला गरेको हो। मृतकका श्रीमान वसन्त दमै परियारको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी बिक्रम राना र दिवस शाही रहेको सो मुद्दामा बिक्रम रानालाई जबर्जस्ती करणीमा ७ बर्ष र कर्तव्य ज्यानमा जन्मकैद (२० बर्ष ) र मृत्युका परिबारलाई २ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ भने दिवस शाहीलाई एकबर्ष ६ महिनाको कैदको फैसला गरिएको जिल्ला अदालत अर्घाखाँचीका श्रेष्तेदार मोहन बेल्बासेले जानाकारी दिए।
दाङ जिल्लाको गढवा गाउँपालिका १ कालाकाटे निवासी बिक्रम रानाले मकै पोलेर बेच्ने महिलालाई गत फाल्गुन २० मा जबर्जस्ती करणी पछि हत्या गरेको आरोप लागेको थियो भने निजकै साथी राप्ती गाउँपालिका १ भालुबाङ निवासी दिवस शाहीले घटना भएको सूचना पाएपनी त्यसलाई लुकाउन र बिक्रम रानालाई सघाउने काम गरेको आरोप लागेको थियो। 
निज महिलाको शब गत फाल्गुन २१ गते शितगंगा नगरपालिका जाबुने सामुदायिक बनमा मृत शरीर भेटिएको थियो। प्रतिबादी बिक्रम राना प्रहरीमा साबिती बयान दिएका थिए भने जिल्ला अदालतमा महिलालाई मोटरसाइकलमा राखी लिएर हिँडदा मोटरसाइकल दुर्घटना भै निजको मृत्यु भएको तर आफुले समयमै प्रहरी र आफन्तलाई जानाकारी नगराई भागेकोमा गल्ती भएको बयान दिएका थिए।
बिक्रम राना लाई कर्तव्य ज्यान, जबर्जस्ती करणी सम्बन्धि कार्बाहीमा आजन्म कारागार बस्नुपर्ने र मृतकका आश्रीत परिबारलाई २ लाख क्षतिपूर्ति भराउने समेत फैसला भएको छ। अदालत परिषरमा फैसला पर्खेर बसेका आफन्तको एकै छिन अदालत परिषरमा रुवाबासी समेत चलेको थियो ।