सन्धिखर्क रोकाहा टोलामा १८ वर्षिय युवती मृत फेला


प्रेम खड्का

सन्धिखर्क,(अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका रोकाहा टोलामा एक युवती द्धारा आफ्नै कोठामा झुन्डिएर आत्म हत्या गरेकी छन ।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ रोकाहा टोलाका २२ वर्षिय खड्क प्रसाद मुखियाकि श्रीमती १८ वर्षीय भिमा मुखियालले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन ।


गत पौषमा विवाह बन्धनमा बाधिएकी भिमा र खड्क बिच राम्रो माया प्रेम – सम्बन्ध रहेको स्थानीयवासिले बताएका छन अहिले जिल्ला प्रहरी कार्यलय घट्ना स्थलमा पुगिसकेको छ ।

भिमाको माईती घर अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको वार्ड नम्बर १ चिदिकामा रहेको बुझिएको छ । 

आत्म हत्या के कारणले गरेकी हुन भन्ने बारेमा खुल्न सकेको छैन भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।
साथै अर्घाखाँचीमा पछील्लो समय आत्महत्या गर्नेको संख्या बढेको छ ।