अड्गुरीको शिव मदन मावि र आदर्श मावि खांचिकोटमा अखिल छैठौंको कार्यक्रम सम्पन्न

Image result for खाँचीकोट मैदान arghakhanchi.COM
आदर्श मा.वि.खांचिकोट मैदान ।

अर्घाखाँचीडट्कम संवाददाता
खांचिकोट, अर्घाखाँची । आसन्न असौजको पहिलो हप्ता जिल्ला सम्मेलन गर्ने तयारीमा जुटेको अखिल छैठौं अर्घाखाँचीले शिव मदन मा.वि.अड्गुरी र आदर्श मा.वि.खांचिकोटमा कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला सह–सचिव सन्देश खनाल र सदस्य हिम्मत खनालले कार्यक्रमको सहजीकरण गर्दै बलत्कार,हत्या,लैङ्गिक हिंसा तथा सामाजिक अन्धबिस्वासको असर र कु प्रथाका बिरुद्ध सचेतना मुलक प्रशिक्षण दिनुभएको छ ।बिषय केन्द्रित प्रशिक्षण पछि सम्पन्न भएको संगठनको भेलाले भिमा पल्लीको अध्यक्षतामा ५१ सदस्यिय अखिल छैठौं शिव मदन मा.वि.मुल इकाइ समितिको गठन गरेको छ ।
 जसको उपाध्यक्ष,सचिव,सह–सचिव र कोषाध्यक्षमा क्रमशः अन्जली थापा क्षेत्री,सिर्जना दर्लामी,सुजन बिष्ट र गरिसा थापा चयन हुनुभएको छ । यस्तै भेलाले बिनोद थापाको अध्यक्षतामा २९ सदस्यिय आदर्श मा.वि.मुल इकाइ समितिको पनि गठन गरेको छ ।
 जसको उपाध्यक्षमा विशाल रायमाझी, सचिव गिर बहादुर बस्नेत,अन्जली राजकोटी र अस्मिता गैरे निर्बाचित हुनुभएको छ । अखिल छैठौं अर्घाखाँचीले ‘शैक्षिक ब्यापारीकरण र संघियता बिरुद्ध हाम्रो आन्दोलन,जनवादी शिक्षा र राष्ट्रियताको रक्षाका लागि २४ जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ यहि असौज ५ र ६ गते सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन गर्न लागेको अध्यक्ष गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।