चुत्राबेसीको जनज्योति मावि, शारदा मा.वि.ढिकुरा, युवा बर्ष जनता रबिचित्र मावि हटारीनेटामा अखिल छैठौंको प्रशिक्षण कार्यक्रम सम्पन्न

जनज्योति मा.वि.चुत्राबेसी
अर्घाखाँचीडट्कम संवाददाता
ढिकुरा, अर्घाखाँची । सामाजिक अन्धबिस्वास र बिकृतिका बिरुद्ध सचेतना अभियान थालेको अखिल छैठौं अर्घाखाँचीले आज जनज्योति मा.वि.चुत्राबेसी,युवा बर्ष जनता रबिचित्र मा.वि.हटारीनेटा र शारदा मा.वि.ढिकुरामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
अखिल छैठौंका जिल्ला कोषाध्यक्ष पुरन नेपाली,सदस्य हिम्मत खनाल,आकाश भाट र शारदा नेपालीले सहजीकरण गर्नुभएको कार्यक्रममा छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई र सह–सचिव सन्देश खनालले प्रशिक्षण मुलक मन्तव्य राख्दै २१ औं शताब्दीमा समेत समाजमा रहेका अन्धविस्वास र कु–प्रथाका कारणपनि सामाजिक बिकृतिलाई बढवा गरेको भन्दै यसको निराकरणको निम्ती सबै सचेत बन्नुपर्नेमा जोड दिनुभएको छ । 
युवा विद्यार्थी जस्तो उर्जाशिल जनशक्ति नै कुलत र कुमार्गमा फस्नाले पनि समाजमा बलत्कार,हत्या,आत्महत्या,हिसां जस्ता घटना घटेको भन्दै उहांहरुले समाजलाई कस्तो बनाउने भन्ने आफ्नो जिम्मेवारी सम्झिएर बेलैमा सचेत बन्न र सचेत बनाउन युवा विद्यार्थी एक जुट हुन आग्रह समेत गर्नुभएको छ ।यहि असौजको ५ र ६ गते सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन गर्ने तयारीमा जुटेको अखिल छैठौंले सम्मेलनको पूर्व सन्ध्यामा सांगठानिक गतिबिधिको साथसाथै सामाजिक सचेतना अभियान पनि संचालन गरेको हो ।
 विद्यालयमा बिषयगत प्रशिक्षण पछि आजै सम्पन्न सांगठानिक भेलाले नविन बन्जाडेको अध्यक्षतामा ६१ सदस्यिय अखिल छैठौं जन ज्योति मा.वि.मुल इकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा पुजा खनाल,सचिव दिपा गैरे,सह–सचिव सपना सावत,कोषाध्यक्ष मिलन खनाल र सह–कोषाध्यक्षमा मनिषा चुंदाली निर्बाचित हुनुभएको छ भने अन्जना खनाल,आकाश भुसाल,सिर्जना वेल्वासे र अस्मिता भुसाल सचिवालय सदस्यमा चयन हुनुभएको छ ।
 यस्तै भेलाले निशा खनालको अध्यक्षतामा ५१ सदस्यिय अखिल छैठौं शारदा मा.वि.मुल इकाइ समितिको पनि गठन गरेको छ । जसको उपाध्यक्ष,सचिव,सह–सचिव र कोषाध्यक्षमा क्रमशः आशिका आचार्य,बादल सुनार,शिला घिमिरे र दामोदर पोख्रेल चयन हुनुभएको छ ।
अखिल छैठौं अर्घाखाँचीले“शैक्षिक ब्यापारीकरण र संघियता बिरुद्ध हाम्रो आन्दोलन,जनवादी शिक्षा र राष्ट्रियताको रक्षाका लागि २४ जिल्ला सम्मेलन”भन्ने मुल नाराका साथ यहि असौजको ५ र ६ गते सन्धिखर्कमा २४औं जिल्ला सम्मेलन गर्न लागेको हो ।