सविधान दिबसको पुर्व सन्धायामा सन्धिखर्क नगरपालिका परिसरमा सरसफाइ

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले कुरा गरेर खाने जमनाको अन्त्य भएको बताउनु भएको छ ।
उहाले सरसफाइ मानिसको दैनिकी भएको बताउदै हराभरा नगरपालिका बनाउने महान अभियानमा लाग्न सबैलाई अाग्रह गर्नु भएको छ ।
सविधान दिबसको पुर्व सन्धायामा नगरपालिका परिसरमा सरसफाइ गर्ने अभियानको सुभारम्भ गर्दै नगरउपप्रमुख बिकले  अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ । उहाले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक पर्यटन  र कृर्षि क्रान्ति भएको बताउनु भएको हो । उहाले जनताको काम छिटो छरितो मुस्कान सहितको  सेवा उपलब्ध गराई जनमुखि काम गर्न कर्मचारी हरुलाई  निर्देसन दिदै अाफुहरु बाट जनताले ठुलो अासा गरेको बताउदै नगरपालिका लाई नमुना बनाउने माहान अभियानमा लाग्न सबै लाई अाग्रह गर्नु भयो । 
उहाले  बेरोजगारि समस्या समधान गर्नका लागि पनि अाफुहरुले नया नया योजना नगरपालिका भित्राउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउनु भएको थियो योजनाहरु बाट जनता पुर्ण रुपमा सन्तुष्ट हुनेगरि काम गर्नु जनप्रतिनिधि हरुको मुख्य दायित्वबाट पन्छिन नहुने बताउदै गुणस्तरीय काम नगर्ने जो कहिलाई नछाड्ने दाबि गर्नु भयो ।
अभियानमा  प्रमुख प्रसासकिय अधिकृत निराज पौडेल शाखा अधिकृत गोबिन्द केसी लगाएतले हराभरा नगरपालिका बनाउने अभियानमा सबैको साथ सहयोग अाबश्यक पर्ने बताउनु भयो ।सम्बिधान दिबसको अबसमा सबै सरकारी कार्यलयहरुले सरसफाइ गरेको बुझिएको छ ।