अर्घाखाँचीमा ग्रहदशा हेर्ने नाममा जनतालाई ठगिगर्ने पँहेलो बस्त्रधारीलाई आगमनमा रोक

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २ भदौ । भारतका विभिन्न शहरबाट अर्घाखाँचीमा आएर हात हेर्ने तथा ग्रहदशा हेर्ने नाममा सोझासाझा जनतालाई ठगिगर्ने पँहेलो बस्त्रधारिलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जिल्ला आगमनमा रोक लगाएको छ ।
विभिन्न ब्यक्तिहरुको हजारौं रुपैया ठगी गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्दा निजहरुले विभिन्न नाममा ठगी गरेकोले एकपटकको लागी सम्झाई बुझाई फिर्ता पठाएको अर्घाखाँची प्रहरीले जनाएको छ । 
विभिन्न कार्यालय र संघसंस्था बाट प्रमाणपत्र समेत लिएर हिंडेका  पँहेलो बस्त्रधारि भारतिय नागरिकले सोझासाझा ब्यक्तिको भबिष्यवाणी गरिदिने नाममा उनिहरुलाई ठग्दै र भ्रममा पार्दै आएका थिए । 
भविष्यवाणी गर्नेहरुप्रती बिश्वास नगर्न समेत जिल्ला प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ। साथै कुनैपनी अपरिचित ब्यक्ती आएमा जिल्ला प्रहरी कार्यालयमा जानाकारि दिन समेत प्रहरी निरिक्षक खिम बहादुर घर्तीले आग्रह गर्नुभयो ।
केहीदिन अँघीपनि झन्डै २ दर्जन महिला तथा बालबालिका लाई समेत भारत पठाइएको थियो ।