अखिल छैठौ सन्धिखर्क नगर समितिको अध्यक्षमा सन्देश खनाल निर्वाचित

गोपाल प्रसाद भट्टराई

सन्धिखर्क ,(अर्घाखाँची डट्कम) अखिल छैठौ सन्धिखर्क नगर समितिको अध्यक्षमा सन्देश खनाल निर्बाचित हुनुभएको छ ।जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा हिजो सन्धिखर्क मसाल बजारमा सम्पन्न दोस्रो नगर भेलाले सन्देश खनालको नेतृत्वमा १९ सदस्यिय सन्धिखर्क नगर समितिको चयन गरेको हो ।जसको उपाध्यक्षमा शारदा नेपाली,सचिव नविन बन्जाडे,सह–सचिव मिलन खनाल र कोषाध्यक्षमा पुजा खनाल निर्बिरोध निर्बाचित हुनुभएको छ भने संकल्प पुन र सपना नेपाली सचिवालय सदस्यमा चयन हुनुभएको छ ।

नगरका निर्वतमान अध्यक्ष बिष्णु के.सी.को अध्यक्षता,आकाश भाटको स्वागत मन्तव्य र सन्देश खनालको संचालनमा सम्पन्न भेलामा अखिल छैठौंका केन्द्रिय सदस्य गोपाल प्रसाद भट्टराई,राष्ट्रिय जनमोर्चा प्रदेश ५ का सदस्य शेर बहादुर बि.सी.,जिल्ला अध्यक्ष थम्मन केसी.,उपाध्यक्ष गोपाल पौडेल,सन्धिखर्क नगर अध्यक्ष पशुपति ढकाल, किसान संघका जिल्ला अध्यक्ष जिवनारायण खनाल,महिला संघ नगर अध्यक्ष मिना बि.सी.,युवक संघ जिल्ला कोषाध्यक्ष बसन्त खड्का लगायतले शुभकामना मन्तव्य राख्दै उर्जावान युवा शक्ति कुलतमा फसेमा समाज नै दुर्गन्धित हुने भन्दै सबैखाले सामाजिक बिकृतिका बिरुद्ध एकजुट हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।

नगरका १२ वटै वडाबाट छैठौंका प्रतिनिधिहरुको सहभागिता रहेको भेलामा अनेम संघ केन्द्रिय उपाध्यक्ष सकुन्तला राना,अन्टुक केन्द्रिय उपाध्यक्ष गोविन्द वि.सी.,जनजाती सम्मेलन केन्द्रिय सदस्य उषा पुन,अखिल नेपाल शिक्षक संघ नगर सदस्य महेश पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।यहि असौजको ५ र ६ गते “शैक्षिक ब्यापारीकरण र संघियता बिरुद्ध हाम्रो आन्दोलन,जनवादी शिक्षा र राष्ट्रियताको रक्षाका लागि २४ जिल्ला सम्मेलन”भन्ने मुल नाराका साथ सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन गर्न लागेको अखिल छैठौंले सांगठानिक अभियान संगसंगै सामाजिक अन्धविस्वास र बिकृतिका बिरुद्ध सचेतना अभियानलाई तिब्र पारेको छ ।