भारत प्रशासित कस्मिरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ ।
स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार यस्तो तनावपूर्ण घटना भएको जनाइएको छ ।
दशकौंदेखि हिंसा भइरहेको ठाउँमा पछिल्ला महिना हिंसाका घटना थप बढेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । त्यस्ता घटना धेरै प्रहरीतर्फ केन्द्रित भएका छन् ।
सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएदेखि नै कस्मिरमा भारत र पाकिस्तानबीचको सीमानालगायतका विषयलाई लिएर विवाद हुँदै आएको छ । दुवै देशले कस्मिरलाई आफ्नो भू–भाग भएको दाबी गर्दै आएका छन् ।
कस्मिर क्षेत्रलाई नियन्त्रणमा लिनका लागि भारतले झन्डै पाँच लाख सुरक्षाकर्मी त्यस क्षेत्रमा खटाएको छ । रासस/एएफपी