अखिल छैठौं अर्घाखाँचीको २४ औं जिल्ला सम्मेलन नयां नेतृत्व चयन गर्दै सन्धिखर्कमा सम्पन्न, अध्यक्षमा सन्देश खनाल निर्बाचित

गोपाल प्रसाद भट्टराई
 सन्धिखर्क, अर्घाखाँची असौज–७ । अखिल छैठौं अर्घाखाँचीको अध्यक्षमा सन्देश खनाल खनदह निर्बाचित हुनुभएको छ । संगठनको ५ र ६ गते सन्धिखर्कमा सम्पन्न २४ औं जिल्ला सम्मेलने अध्यक्ष खनालको नेतृत्वमा १७ पूर्ण र ६ वैकल्पिक गरि २३ सदस्यिय जिल्ला समितिको सर्वसहमतले चयन गरेको हो । 
नव निर्बाचित जिल्ला समितिको उपाध्यक्षमा पुरन नेपाली ढाकावाङ्ग,सचिव आकाश भाट धारापानी,सह–सचिव शारदा नेपाली सन्धिखर्क र कोषाध्यक्षमा सुदिप बन्जाडे असुरकोट रहनुभएको छ,भने हिम्मत खनाल खन र बसन्ता खनाल गोखुङ्गा सचिवालय सदस्यमा चयन हुनुभएको छ । यस्तै समितिको पूर्ण सदस्यमा मानदेव वि.सी.सितापुर,भेषराज के.सी.धारापानी,अनिता खनाल ढाकावाङ्ग,निमकला राना असुरकोट,अर्जन कुंवर वांगी,लक्ष्मण वि.सी.अर्घा,पुजा खनाल सन्धिखर्क,नविन बन्जाडे सन्धिखर्क,दिपा गैरे नुवाकोट र जिवन परियार धारापानी चयन हुनुभएको छ । ५ सदस्यिय वैकल्पिक सदस्यमा सुवास खनाल सन्धिखर्क,सुस्मा भुसाल धारापानी,संगम पुन सन्धिखर्क,सपना नेपाली खांचिकोट र अन्जना भुसाल खिदिम रहनुभएको छ भने एक सदस्य रिक्त रहेको छ । नव निर्बाचित जिल्ला समितिलाई संगठनका केन्द्रिय सदस्य तथा निर्वतमान अध्यक्ष गोपाल प्रसाद भट्टराईले बधाई मन्तव्य राख्दै सफल कार्याकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
जिल्लाका अधिकांश शिक्षण संस्थाबाट प्रतिनिधिहरुको सहभागितामा सम्पन्न ऐतिहांसिक सम्मेलनको उद्घाटन गर्दै छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवरले  देशमा आमुल परिवर्तन भई सक्दा समेत शिक्षा क्षेत्र र बिद्यार्थीहरुका समस्या जस्ताको तस्तै रहनु दुःखद भएको बताउँनु भएको छ । उहांले मुलुकमा दिन प्रतिदिन बलत्कार,लैङ्गिक हिंसा,चोरी जस्ता अपराधिक गतिबिधि हुनुमा बेरोजगारीले पनि साथ दिएको भन्दै यसको निराकरणको निम्ती देशको बुर्जुवा शिक्षा प्रणालीलाई परिमार्जन गरि ब्यबहारिक र बैज्ञानिक शिक्षा लागु गर्नुपर्नेमा जोड दिनुभएको छ ।  एक फरक प्रसंगमा बोल्दै उपाध्यक्ष कुंवरले संविधान कार्यान्वयनको पक्षमा धारणा ब्यक्त गर्दै संघियताको खारेजी नभए सम्म देशले समृद्धि हांसिल गर्न नसक्ने दाबी गर्नुभएको छ ।
 कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्रदेश ५ का सदस्य शेर बहादुर बि.सी.अनेम संघ केन्द्रीय उपाध्यक्ष सकुन्तला राना,राजमो केन्द्रीय सदस्य झबिलाल थापा,जिल्ला अध्यक्ष थम्मन केसि,किसान महासंघका केन्द्रीय महासचिव कृष्ण केसि,राजमो जिल्ला सचिव बाबुराम पन्थी,राजमो सन्धिखर्क अध्यक्ष पशुपति ढकाल,युबक संघका सचिव ठाकुर पन्थी लगायतका बक्ताहरूले सम्बोधन गर्दै देशमा बैज्ञानिक शिक्षा नहुँदा सम्म जस्तोसुकै शिक्षा आर्जन गरेपनि बेरोजगार बस्नुपर्ने अवस्था रहेको बताउदै बैज्ञानिक शिक्षा प्राप्तीको निम्ती शषक्त संघर्ष गर्नुपर्नेमा जोड दिनुभएको छ । उद्घाटन कार्यक्रम अखिल छैठौंका निवर्तमान अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षता,उपाध्यक्ष बिष्णु के.सी.को स्वागत मन्तब्य र  सह–सचिव सन्देश खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।