अर्घाखाँचीमा हिन्दु विरोधि गतिविधि बढेको भन्दै हिन्दुहरु संगठित

अर्घाखाँची डट्कम संवाददाता


सन्धिखर्क ,(अर्घाखाँची डट्कम) अर्घाखाँचीमा हिन्दु बिराेधी गतिविधी बढ्न थालेपछि हिन्दुहरु पनि संगठित हुन थालेका छन् ।
विभिन्न प्रलाेभन देखाएर धर्म परिवर्तन गराउनेहरु सक्रिय हुन थालेपछि सनातन धर्मकाे रक्षाकाे लागि हिन्दुहरुले सक्रियता देखाएका हुन् ।

नेपालकाे कानुन अनुसार धर्म प्रचार गर्न नहुने प्रष्ट व्यवस्था रहेकाे भएपनि विभिन्न प्रलाेभनमा धर्म परिवर्तनकारीहरु सक्रिय रहेकाे भन्दै सन्धिखर्कमा बसेकाे भेलाले १०५ सदस्यिय हिन्दु जागरण नेपाल, अर्घाखाँची शाखा गठन गरेकाे हाे ।

नारायण खड्का संयाेजक र अातिष किरण बि.क. सहसंयाेजक रहेकाे तदर्थ समितिले जिल्लामा रहेका हिन्दु धर्मावलम्वीहरुलाई एकतावद्द गर्नुका साथै गाउँमा संगठन बिस्तार गर्ने बताईएकाे छ ।साथै भेलाले राजु पन्थी संयाेजक र युवराज थापा सहसंयाेजक रहेकाे २५ सदस्यिय युवा स्वयंसेवक दस्ता समेत गठन गरेकाे छ ।

पछिल्लाे समयमा अर्घाखाँचीमा हिन्दु विराेधी गतिविधी तिब्र भएपछि सनातन धर्मकाे रक्षाकाे लागि हिन्दुहरुले सक्रियता बढाएका हुन् । साथै धर्म परिवर्तन गराउदै अाउने जाे काेही भेटिएमा तत्काल प्रहरिलाई खवर गर्न समेत संस्थाले अाम जिल्लावासीहरुमा अपिल गरेकाे छ ।