सन्धिखर्क, अर्घाखाँची । नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले स्थापना गरेको जिपि कोइराला उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार प्रेमनारायण आचार्य पुरस्कृत भएका छन ।
अर्घाखाँची जिल्लामा रही विगत १२ बर्ष देखि व्यवसायीक पत्रकारिता गर्दै आएका आचार्यले जिल्लामा रही विभिन्न विधामा उत्कृष्ट कलम चलाएको ठहर गर्दै प्रेस युनियन अर्घाखाँचीले नगद ११ हजार एक सय ११ रुपैया नगद र सम्मानपत्रले पुरस्कृत गरेको हो ।
रेडियो देउराली १०१ मेगाहर्जका सहायक स्टेशन म्यानेजर र समाचार प्रमुख रहेका पत्रकार आचार्य अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिक , उज्यालो नेटवर्क र एभिन्युज टेलिभिजनमा अर्घाखाँची सम्वाद्दाताको रुपमा कार्यरत छन ।
नेपाल प्रेस युनियन अर्घाखाँचीको सातौ जिल्ला अधिबेसन तथा १२ औ साधारणसभामा प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल र नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कानले उक्त पुरस्कार प्रदान गरेका हुन ।