राष्ट्रिय जनमोर्चा निकट किसान महासंघ अर्घाखाँचीको जिल्ला सम्मेलन मंसिर २८ र २९ गते सन्धिखर्कमा हुने

सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको जिल्ला सम्मेलन आसन्न मंसिर २८ र २९ गते सन्धिखर्कमा हुने भएको छ ।

सन्धिखर्कमा सम्पन्न महासंघ जिल्ला समितिको बैठकले मुलुकमा भइरहेको महङ्गी,भंष्टचार,कर बृद्धि,विउपल तथा मलखाद अभाव तथा संघियताको बिरुद्ध जिल्लाका ६ वटै पालिकामा ज्ञापनपत्र बुझाउने,असौज–कार्तिकमा सांगठानिक अभियान संचालन गर्ने र मसिंरको अन्तिम हप्ता जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।
किसान महासंघ अर्घाखाँची अध्यक्ष जिवनारायण खनालको अध्यक्षता,राजमो प्रदेश ५ का सदस्य शेर बहादुर बि.सी.,नेता सागर के.सी.को बिशेष उपस्थिति र सचिव भिमलाल आचार्यको संचालनमा सम्पन्न बैठकले मधु के.सी.को संयोजकत्वमा तरकारी,राम चन्द्र भुसालको संयोजकत्वमा पशुपालन,गोपाल खनालको संयोजकत्वमा बाख्रापालन र गणेश बन्जाडेको संयोजकत्वमा बिउ विजन उत्पादन बिषयगत समितिको समेत गठन गरेको महासंघले जनाएको छ ।
यस्तै बैठकले पालिका स्तरमा ज्ञापनपत्र बुझाउने कार्यक्रमलाई व्यबस्थित बनाउन जिवनारायण खनाल,गणेश बन्जाडे,भिमलाल आचार्य,तिलकराम भुसाल र पशुपति ढकाल सदस्य रहेको ५ सदस्यिय ज्ञापनपत्र ब्यबस्थापन समितिको गठन गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।