फुदवाङ्गमा तरकारीमा लाग्ने रोग बाट बचाउने विष सेवन गर्दा ४५ वर्षिय महिलाको ज्यान गयो


प्रेम खड्का

फुदवाङ्ग ,(अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ फुदवाङ्ग मा ४५ वर्षिय एक महिलाको तरकारीमा लाग्ने रोगबाट बचाउने विष सेवन गर्दा ज्यान गएको छ ।

ज्यान जानेमा भिम बहादुर ताम्राकारकी श्रीमती माया ताम्राकार रहेको बुझिएको छ । गत असोज ६ गते शनिवारको दिन विष सेवन गर्दा उनको हिजो राती ४ दिन पछी ज्यान गएको हो ।

जिल्ला अस्पताल अर्घाखाँचीमा उनको उपचार हुन् नसके पछी थप उपचारको लागि ४ दिन अघाडी मायालाइ भैरहवा टिचिङ्ग अस्पतालमा रिफर गरिएको थियो । भैरहवा अस्पतालमा उनको थप उपाचार भैसकेपछी उनको स्वास्थ्यमा केहि सुधार देखिएको थियो ।

स्वास्थ्यमा सुधार देखिएपछी डाक्टरहरुको सल्लाह अनुसार उनलाई आफन्तहरुले घरमा ल्याएका थिए , पुन हिजो उनको स्वास्थ्यमा खरावी देखिएपछि जिल्ला अस्पताल अर्घाखाँचीमा भर्ना गरिएको थियो ।

जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टरहरुको चेकजाँच पछी विष सेवन गर्ने मायाको उपचार जिल्ला अस्पतालमा सम्भव नभएपछि भैरहवा टिचिङ्ग अस्पतालमा रिफर गरिएको थियो, भैरहवा लैजाने क्रममा बीच बाटो पथ्थरकोटमा राती ११ बजे ज्यान गएको बताए ।

अहिले मृतक माया ताम्राकारको शवलाइ जिल्ला अस्पताल अर्घाखाँचीमा पोस्टमार्टमका लागि राखिएको छ भने , मृतक मायाको घरमा उनका पाँच छोरी एक छोरा रहेका छन् भने, के कारणले विष सेवन गरेकी हुन्न भन्ने बारेमा खुल्न सकेको छैन ।