अर्घाखाँचीमा एसिड बिक्रि वितरणमा कडाई

Image result for जिल्ला प्रशासन कार्यालय अर्घाखाँची
अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एसिड बिक्रि वितरणमा कडाई गरेको छ ।    
जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी खिमराज भुसालकाे अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा एसिड बिक्रि वितरणलाई व्यवस्थित बनाउने निर्णय गरेकाे हो । 
देशका विभिन्न भागमा विगत केहि समय देखि एसिड अाक्रमणका घटना दाेहाेरिदै गएकाेमा जिल्ला सुरक्षा समितिको गम्भिर ध्यानाकर्षण भएकाे भन्दै एसिड अाक्रमण जस्तो गम्भिर र जघन्य अपराधलाई निरुत्साहित र नियन्त्रण गरि भयरहित वातावरण निर्माण गर्नको लागि एसिड र एसिडजन्य पदार्थकाे बिक्रि वितरणमा कडाई गर्ने निर्णय गरेको छ । 
यस्तै अर्घाखाँचीमा एसिड र एसिडजन्य पदार्थकाे बिक्रि वितरण गर्दा क्रेताकाे नामथर, वतन र सम्पर्क नम्बर खुलाई एसिड प्रयाेगकाे प्रयाेजन समेतकाे अभिलेख राखी क्रेताकाे निकटतम / जिम्मेवार व्यक्तीकाे राेहवरमा बिक्रि वितरण गर्न एसिड र एसिड जन्यपदार्थकाे बिक्रि वितरण गर्ने व्यवससायी एवम् सम्बधित सबैलाई जिल्ला प्रशासन कार्यालयले  अनुराेध गरेको छ ।