सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची असौज ११ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले अनियमितता गर्ने ढिला सुस्ति गर्ने जुनसुकै निकायलाई अाफुले छुट नदिने बताउनु भएको छ । उहाले जिल्लामा शान्ति सुरक्षा अमन चयन कायम गर्ने अाफ्नो पहिलो दायित्व भएको बताउदै शान्ति सुरक्षा मजबुद बनाउने बताउनु भएको हो ।
सन्धिखर्क बजारमा रहेका विभिन्न पसल पेट्रोल पम्पहरुको अनुगमन गर्दै भुसालले गुणस्तरीय सामान खरिद बिक्रीवितरण गर्न अाग्रह गर्नु भएको छ । जिल्लाका चार वटा पेट्रोल पम्पहरुको नमुना संकलन गरि गुणस्तर मापन केन्द्रमा पठाईएको बताउनु भयो ।
प्रजिअ भुसालले उपभोक्ताहरुको अत्यन्तै गुनासोलाई ध्यानमा राखी ती पेट्रोल पम्पबाट डिजल र पेट्रोलको नमुना समेत संकलन गरि नाप तौल तथा गुणस्तर कार्यालय पठाइएको र परिक्षणमा मिसावट पाइएमा कार्बाहिको दायरामा ल्याइने समेत दावी गर्नु भयो ।
चाडपर्व आएको बखत बजारको अनुगमनलाई निरन्तरता दिने र म्याद गुज्रेका सामानहरु बिक्रि गर्ने ,सामानको कृतिम अभाब सृजना गर्ने ,कार्टुलीङ गर्ने ,महंगोमा सामान बिक्रिगर्ने ,सडक पेटिमा सामान राख्ने,सडक अबरोध हुनेगरी सबारी साधन पार्किङ गर्ने ,ब्यबसायिक तबरले घरेलु मदिरा उत्पादन तथा बिक्री बितरण गर्नेलाई कानुनी कार्बाही गरिने प्रमुख जिल्ला अधिकारी भुसालले बताउनु भयो।
उहाँले ब्यबसायिक दर्ता नभएको ,नबिकरण नगरेको ,सबैले नदेख्ने गरि मुल्यसुची नराखेको तथा कानुनले निषेधित गरेको जुनसुकै काम गरेको पाइएमा पनि कार्बाही गरिने प्रजिअ भुसालले बताउनु भयो।
भुसाल जिल्लामा अाएपछि यहाँको शान्ति सुरक्षा मजबुद बनेको छ । भुसालले सुपादेउराली मन्दिरको बाटो कटिङ गराउनु काम नगर्ने ठेकदारलाई थुनेर काम गर्न दबाब दिनु लगाएतका दर्जनौं कामहरु गर्न प्रजिअ सफल भएको भनी जिल्ला बासिले प्रसम्सा समेत गर्ने गरेका छन ।
यस काममा सहयोग गर्न उद्योग बाणिज्य संघ ,चेम्बर अफ कमर्स ,जिल्ला स्थित विभिन्न संघ संस्था नागरिक समाज कलाकार ,पत्रकार सबैलाई सहयोग गर्न समेत प्रजिअ भुसालले अाग्रह गर्नु भएको छ ।