अर्घाखाँचीमा सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता अर्घाखाँची प्रीमियर लिग (एपिएल) को दोश्रो संस्करण शुक्रबारदेखि शुरु भएको छ। सन्धिखर्कको टुडिखेल मैदानमा दिउँसो २ बजे एक औपचारिक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरिएको थियो । प्रतियोगिता लिग सिस्टममा २०-२० फर्मेटमा खेलाइने र चार टीमको सहभागिता रहेका छन् । जसमा बिक्रमकुमार भुसालको कप्तानिमा एम्स स्टार, जगत क्षेत्री सन्जुको कप्तानिमा रोयल सन्धिखर्क, जीवन भट्टराईको कप्तानिमा नमस्ते अर्घाखाँची र त्रिभुज कार्कीको कप्तानिमा सुपर सुपा इलाभेन मैदानमा उत्रेका छन् । प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ५ हजार र द्वितीय हुनेले ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने व्यक्तिगत प्रदर्शनका विभिन्न विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता लिग सिस्टममा २०-२० फर्मेटमा खेलाइने र चार टीमको सहभागिता रहेका छन् । जसमा बिक्रमकुमार भुसालको कप्तानिमा एम्स स्टार, जगत क्षेत्री सन्जुको कप्तानिमा रोयल सन्धिखर्क, जीवन भट्टराईको कप्तानिमा नमस्ते अर्घाखाँची र त्रिभुज कार्कीको कप्तानिमा सुपर सुपा इलाभेन मैदानमा उत्रेका छन् । प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ५ हजार र द्वितीय हुनेले ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने व्यक्तिगत प्रदर्शनका विभिन्न विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची असोज १२ । अर्घाखाँची सामुदायिक विकास क्लवको आयोजनामा दोस्रो अर्घाखाँची प्रिमियर लिग एपिएल त्रिकेट प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । प्रतियोगिताको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले व्याटिङ्ग गरेर उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै उपप्रमुख विकले खेलकुद क्षेत्रको विकासका लागि सन्धिखर्क नगरपालिकाको कार्यालयले आवश्यक सहयोग गर्ने बताए । उनले त्रिकेट लगायत सबै खेलको आ–आफ्नै खालको महत्व रहेको भन्दै सबै खेलको विकासमा जोड दिए । ‘प्रत्येक वडामा खेल मैदान निर्माण हुन लागिरहेका छन’ उनले भने, ‘सबै स्थानीय तहले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्छ ।’ प्रदेश र केन्द्रबाट समेत खेलकुदका लागि जिल्लामा वजेट ल्याउनु पर्ने बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले खेलकुदले देशलाई अन्र्तराष्ट्रियकरण गर्नमा निकै ठूलो मद्दत गर्ने हुँदा खेलाडीको विकासमा राज्यले उचित ध्यान पु¥याउनु पर्ने बताए । ‘स्थानीय स्तरमा हुने यस्तै प्रतियोगिताबाटै खेलाडी राष्ट्रिय स्तर सम्म पुग्ने हुन उनले भने, ‘खेलाडीको क्षमता वृद्धि गर्न प्रतियोगिताहरुको निकै आवश्यकता छ ।’ कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कान, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी (लेकाली) लगायतले मनतब्य राख्दै खेलकुदले शारिरीक स्वस्थता सँगै मनोरञ्जन प्रदान गर्ने हुँदा यसको महत्व उजागर गर्नुपर्ने बताए ।
यस्तै प्रतियोगितामा चार टिमले सहभागिता जनाएको क्लवका अध्यक्ष तथा कार्यक्रम संयोजक ऋषिकेश भट्टराईले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख ५ हजार र उपविजेताले ५५ हजार रुपैयाँ हात पार्ने उनले बताए । यो पुरस्कार जिल्लामा भएका सबै खेल प्रतियोगिता मध्येको अहिले सम्मकै सर्वा्धिक हो । चार समुह मध्ये रोयल सन्धिखर्कको कप्तानमा जगत क्षेत्री (सञ्जु),नमस्ते अर्घाखाँचीमा जीवन भट्टराई कप्तान रहेका छन् ।
यस्तै सुपर सुपा च्यालेनजर्समा त्रिभुज कार्की र यम्स स्टारको कप्तानमा विक्रम भुसाल रहेका छन् । प्रतियोगिता २२ गते सम्म चल्ने छ । कार्यक्रम संस्थाका अध्यक्ष रिषीकेश भट्टराईको अध्यक्षता र पत्रकार कमल विष्टको सन्चालनमा सम्पन्न भएको हो । यसैबिच आज भएको नमस्ते अर्घाखाँची र रोयल सन्धिखक बिचको पहीलो खेल समय अभाबको कारण स्थगन गरीएको छ । पछील्लो परीणाम अनुसार रोयल सन्धीखर्कको खातामा १४५ रन रहेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
जिल्लाका ६ पालिका बिच २०७४ असौज २६ गते देखि २८ गते सम्म भएको प्रथम “AYC अन्तर पालिका स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगितामा सहयोग गर्नेहरू को नामवली:-
१- साथी सहकारी :- टिसर्ट
२- सन्धिखर्क नगरपालिका :- १ लाख
३- Naresh Rayamajhi :- १ लाख
४- Churamani Aryal:- ५० हजार
५-शितगंगा नगरपालिका :- ४० हजार
६- पाणिनी गाउँपालिक :- १५ हजार
७- भुमिकास्थान नगरपालिका :- १० हजार
९- छत्रदेब गाउँपलिक :- १० हजार
१०- Thapa Yuvaraj :- ५ हजार १ सय
११- ॐ पोलिकिल्निक :- प्राथमिक उपचार सेवा
१२- खेलकुद बिकास समिति :- भलिबल
१३- आर आर डिजि ल्याब :- प्रमाणपत्र र ब्याच
१४- उमेस छापखाना :- नेट
१५- Sathi Co-operative:- प्रशासनिक र ब्यबस्थापन