श्याम घिमिरे
सन्धिखर्क, असोज ११ अर्घाखाँची : नेपाल कम्युनिष्ट पार्टी विप्लब नेतृत्वको भातृ संगठन अनेरास्वियु क्रान्तिकारी अर्घाखाँचीको २६औ जिल्ला सम्मेलन बिहिबार सन्धिखर्कमा सम्पन्न भएको छ । सम्मेलनले विष्णु राउतको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटिको निर्बिरोध चयन गरेको छ ।
जसको उपाध्यक्षमा सुरज विक, सचिब आरएन विक, सहसचिब धर्मराज नेपाली र कोषाध्यक्षमा हिमा कुँबर रहेका छन । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै अनेरास्वियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टाराईले नेपालको शिक्षा निति शासक दलाल र कमीसनखोरका कारणले दुई प्रकारको भएको बताउदै यसलाई बदल्नका लागि सरकारले स्पष्ट निति ल्याउनपर्ने बताउनु भयो ।
शिक्षामा हुने भ्रष्टाचार र कमिसनखोरलाई राज्यले नियन्त्रण गर्न नसकेको भन्दै भट्टाराईले त्यस्ता कमिसनखोरलाई जनताको सत्ताले कारबाही गर्ने बताउनुभयो । सरकारले लोकतन्त्र र गणतनत्रको धन्जी उडाउदै अधिनायकबाद लादेकाले त्यसका बिरुद्ध सशक्त भएर अगाडी बढ्नुको बिकल्प नरहेको बताउनु भयो । कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज कमल के.सी, अनेरास्वियु क्रान्तिकारीका केन्द्रिय सदस्य कुलराज बन्जाडे, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जिसी लेकाली लगायतले मन्तब्य राख्दै सरकारले शिक्षाको क्षेत्रमा आमुल परीबर्तनगरी ब्यबहारीक शिक्षालाई जोड दिनुपर्ने बताउनु भएको हो ।
कार्यक्रममा क्षितिज सामना साँस्कृतिक परिबारले गित तथा नृत्य समेत प्रस्तुत गरेको थियो । सम्मेलनमा जिल्लाभरबाट करिब ४ सय प्रतिनिधि र पर्यबेक्षक बिद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रम सम्मेलन आयोजक समितिका संयोजक विष्णु राउतको अध्यक्षता नगर अध्यक्ष आरएन विकको स्वागत मन्तब्य र सुरज विकको सञ्चालनमा सम्पन्न भएको हो ।