प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको जिल्ला सदरमुकाम सन्धिखर्कको मुटुमा रहेको शान्ती बगैंचालाई आधुनिकीकरण तथा व्यवस्थापन अभियानका लागि आधा करोड खर्चेर निर्माण गरिएपनि नाममा मात्र सिमित भएको छ ।
शान्ती बगैंचालाई आधुनिकीकरण तथा व्यवस्थापन अभियानका लागि आधा करोड खर्चेर निर्माण गरिएको भनेतापनि फोहोर, प्रदूषण हुनुका साथै शौचालय, ढल फुटेर दुर्गन्धित भएको हो ।
बगैंचा दुर्गन्धित हुँदा मानिसहरु नाक छोपेर हिंड्न वाध्य भएका छन् । आधा करोड लगानीमा निर्माण गरिएको भनेको बगैचा लगानी गरे जस्तो देखिदैन ।
सन्धिखर्क नगरपालिका र निर्माण ठेक्दारको चरम लापरर्वाहीले गर्दा लगानी अनुसार यो बगैचा बन्न सकेको छैन् । बजेट अनुसार ५०% पनि राम्रो काम नभएको स्थानियबासी बताउन्छन् । यस्तो चरम लापरर्वाही हुँदा पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन् ।
पानीको फोहरा, गणेश मन्दिर, बालयुवा तथा वृद्धवृद्धामैत्री पूर्वाधार विकास गर्ने, हरितमार्ग, बालबालिकाको मनोरञ्जनका लागी पिङ्ग, झुला बनाउने, वरीपरी तारजाली लगाएर सुरक्षित गर्ने गरी तथा फुलबारी, वाल उद्यान, बस्ने तथा बसेर आनन्द लिने स्थानको रुपमा विकास गर्नका लागि सन्धिखर्क नगरपालिकाले गत वर्ष ३५ लाख रकम विनियोजन गरेर काम गरेको थियो । रकम अभावले सोचे अनुसारको काम नहुने भएपछि यस बर्षको लागि १० लाख रकम विनियोजन गरेको थियो । बगैचामा लगाउनका लागि भैरहवावाट अशोका, क्रिसमस ट्रि, धुपी सल्लालगायतका बिरुवाहरु ल्याएर लगाइएको छ ।
साथै लुम्बिनीमा आएका पर्यटकलाई सुपादेउराली हुँदै सन्धिखर्कमा ल्याउनका लागि शान्ति बगैचामा भगवान गौतम बुद्धको मुर्ती स्थापना गरिएको छ ।