शितागंगा नगरपालिका भित्रका कर्मचारीहरुलाई मुस्कान सहितको सेबा दिन निर्देशन

सुर्य भुसाल 
ठाडा, अर्घाखाँची । शितागंगा नगरपालिका अर्घाखाँचीका प्रमुख प्रसासकिय अधिकृत नारायण प्रसाद भण्डारीले मुस्कान सहितको सेबा दिन नगरपालिका भित्रका कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
देशकै सबैभन्दा ठूलो नगरपालिकामा भर्खर मात्रै सरुवा भई अाउनु भएका प्रमुख प्रसासकिय अधिकृत भण्डारीले राज्यले अाफुहरु माथि ठूलो लगानि र बिस्वास गरेकोले राज्यको लगानि अनुसारको कर्मचारीहरुले प्रतिफल दिनु पर्ने बताउनु भएको हो । उहाले नगरपालिका वार्डहरुमा अाउने सेवाग्राहीलाई मुस्कान सहितको सेबा छिटो छरितो दिनका लागि कर्मचारीहरुले कुनै कसुर बाँकी राख्न नहुने भन्दै जनमुखि उतरदायि काम गर्न कर्मचारी लाई निर्देसन दिनु भएको हो ।
भन्डारीले अार्थिक अनियमितता रोक्नु राज्यको प्रतिनिधिको दायित्व भएको बताउदै पारदर्शिता शु-सासन कायम गरेर नगरपालिकाका कामहरु अगाडि बढाउन सबैको सहयोग अपरिहार्य रहेकोमा जोड दिनु भयो । उहाले सबै योजनाहरुको अाफुले अनुगमन नगरी भुक्तानी नदिने बताउदै अनियमितता हुन कुनै हालतमा नदिने जिकिर गर्नु भयो ।
भन्डारी नेपाल सरकारका निकै स्वच्छ छबि भएकोका उपसचिवको रुपमा चिनिन्ने कर्मचारी हुन ।