सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ ।
उहाले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनु भएको हो । उहाले हरियाली शहर एकीकृत सहर हरित सहर अाफुहरुको योजना भएको दावी गर्नु भयो ।
सन्धिखर्क नगरपालिकामा अायोजित एकीकृत सहरी बिकास योजना तर्जुमा क्षेत्र गत बिकास योजना कार्यशाला गोष्ठीको उदघाटन गर्दै उहाले बेरोजगारी समस्या समधान गर्नका लागि पनि अाफुहरुले नयाँ नयाँ योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउनु भएको थियोे ।
कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत निरज भन्डारीले नगरको किकासमा लागि अाफुअरु दत्तचित्त भएर लागि परेको बताउदै अब एकीकृत सहरी बिकास योजनालाई अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा वार्ड अध्यक्ष सदस्य पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।