सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम बहादुर थापाले शैक्षिक क्षेत्रको बिकासका लागि अाफुहरुले कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ ।
भुमिकास्थान नगरपालिका भरिका बिधालयका प्रअहरुलाई निर्देशन दिदै नगरप्रमुख थापाले बिधार्थिहरुको शैक्षिक गुरस्तर निकै सुधार गर्नु पर्ने देखिएकोले अङ्ग्रेजी शिक्षालाई ब्यवहाँरिक शिक्षाको रुपमा बिकास गर्नेगरि पठन पाठनलाई अगाडि बढाउन सरोकारवालाहरुलाई अाग्रह गर्नु भएको हो ।
उहाले बिहान १० बजेदेखि ४ बजे सम्म शिक्षकहरु बिधार्थि प्रति जिम्मेवार भएर पठनपाठन गराउनु पर्नेमा जोडदिनु भएको हो ।
कार्यक्रममा नगउपप्रमुख खडानन्द बेल्बासेले शैक्षिक क्षेत्रको बिकासका लागि नगरपालिकाले नयाँ योजना निर्माण गरिरहेकाले ब्यवहाँरिक शिक्षा अहिलेको मुख्य अाबश्यक्ता रहेकोमा जोड दिनु भयो ।
कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत हरि प्रसाद अर्याल नेकपाका युवानेता सरसफाइ कार्यक्रमका अभियानता प्रेमनारायण गैरे श्रोत ब्यक्ति बिधालयका प्रअहरुको सहभागीता रहेको थियोे ।