श्याम घिमिरे
सन्धिखर्क असौज १३ अर्घाखाँची । हिन्दुत्व संरक्षणको माग गर्दे अर्घाखाँचीका जनताहरु सनिबार सड्कमा उत्रिएका छन ।
हिन्दु जागरण नेपाल अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा नारा जुलुस सहित हिन्दुहरु सडकमा उत्रीएका हुन । शान्ती बगैचाबाट सुरु भएको -याली मिडियाचोक, चुत्रावेशी बजार, शिद्धेश्वर शिवालय मन्दिर, पुरानो बसपार्क, बैंकरोड हुदै पुनःशान्तीबगैँचामा आई प्रवचनमा परिणत भएको हो । देशका विभिन्न स्थानमा भइरहेको गौहत्याको बन्द गर, हिन्दुराष्ट्र कायम गर, हिन्दु धर्मको रक्षा गरौ, हिन्दु धर्म विरोधीहरु सावधान, धर्म परिवर्तन बन्द गर लगायतका नाराहरु, पर्चापम्पलेट सहित शङ्ख बजाएर प्रदर्शन गरेका थिए ।
¥याली पछी प्रबचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै हिन्दु जागरण नेपालका केन्द्रीय अध्यक्ष पंण्डीत रामकृष्ण उपाध्यायले ९४ प्रतिशत ऊँकार परिवारको वसोवास रहेको नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेे बताए । उनले हिन्दु धर्म बचेमात्र देश बच्ने भन्दै धर्मको रक्षामा लाग्न सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरे । धर्ममा राजनीति मिसियो भने सबै सखाप हुने भन्दै उनले राजनीतिक स्वार्थका लागि नेपाल र नेपालीको पहिचान र मुलुकको रक्षाको लागि हिन्दूधर्म जोगाउनु पर्ने तर्क गरे ।
कार्यक्रममा बाबा योगीराज, शंकर गिरी, हिन्दु जागरण नेपालका अभियान्ता नारायण खनाल लगायतले मनतब्य राख्दै विभिन्न प्रभोलन देखाई धर्म परिवर्तन गराउँने सडयन्त्र भएको भन्दै सचेत रहन जिल्ला बासीलाई आग्रह गरे । कार्यक्रम हिन्दु जागरण नेपाल अर्घाखाँचीका अध्यक्ष नारायण खड्काको अध्यक्षता, हरिप्रसाद भुसालको स्वागत मनतब्य र भेषराज चुदाँलीको सञ्चालनमा सम्पन्न भएको हो ।