सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ निबासी नारायण प्रसाद बन्जाडे सबैका प्रिय तथा सामाजिक अभियान्ताको रुपमा चर्चित हुँदै गएका छन ।
अर्घाखाँची जिल्लामा बसेर लामो समय सम्म निर्माण ब्यबसाय गर्नुभएका बन्जाडे अहिले अर्घाखाँचीका सबैभन्दा ठुला तथा बिस्वासिला निर्माण ब्यबसायी बन्न सफल भएका हुन ।
अर्घाखाँची जिल्ला रुपेन्देही, कपिलवस्तु, पाल्पा, गुल्मि, बागलुङ लगाएतका ठाउँमा ठेक्का लिएर निकै राम्रो काम गर्ने छवि बनाएका बन्जाडे अहिले एकाएक सामाजिक क्षेत्रमा चर्चामा अाएका हुन । अहिले बन्जाडे शान्ति बगैँचा अाधुनिक करण महान अभियानका अध्यक्ष बजार सुधार समितिका अध्यक्ष लगाएतका दर्जनौं संघ संस्थाहरुमा अाबद्द रहेका छन ।
बन्जाडेले नेतृत्व गरेका सस्थाहरु अहिले निकै राम्रो काम गर्ने गरेका कारण पनि जिल्लामा चर्चित छन । नारायण बन्जाडेले जिल्लामा मात्रै अरवौका भबन निर्माण तथा अरव भन्दा माथिका बाटा पुल निर्माण गर्ने समयमा काम सक्ने गरेका कारण नारायण बन्जाडेले ठेक्का लिएमा काम छिटो हुनि थियोे भन्ने सम्बन्धि निकाएले समेत उनी प्रति चासो देखाउने गरेका छन ।
नारायण बन्जाडेले नेतृत्व गरेको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा रहेको शान्ति बगैँचा अाधुनिक करण महाअभियानमा झन्डै १ करोडको काम सम्पन्न भएको प्राबिधिक स्टमेटमा स्पष्ट देख्न सकिन्छ । अहिलेसम्म भएको कामको स्टमेटमा १ करोड रकम लाग्ने उल्लेख छ । तर शान्ति बगैचामा अहिले सम्म ३५ लाख गत बर्ष सन्धिखर्क नगरपालिकाको बजेट र यो बर्ष थपिएको १० लाख गरि ४५ लाखमा काम रनिङ चलिरहेको छ ।
बगैचामा नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालको प्रतक्ष्य निगरानीमा काम भईरहेको छ । नगरप्रमुख भुसाल दिनमा कम्तिमा ५ चोटी शान्ति बगैँचा पुगेर काम हेर्ने निर्देशन दिन गरेको स्थानिय बगैँचा निर्माणमा खटिएका सुन्दर कुवरको भनाइ छ । अहिले बगैचामा दिनमा कम्तिमा ५ सय भन्दा बढि आन्तरिक तथा वाह्य पर्यटकहरु अाउने, सेल्फि लिने अान्द लिने गरेका छन ।
बगैचामा अहिले पनि बिरुवा रोप्ने पानीको फहरा बनाउने शिवजीको मुर्ति राख्ने काम सकिएको छ । माछापालनका लागि पनि पोखरीलाई ब्यबस्थापन गर्ने टस्ट हाल्ने काम सकिएको छ भने अन्यकामहरु पनि जारी छ ।
बगैचामा रहेका अापका रुखहरुमा रङ्ग लगाउने काम भईरहेको छ । बगैचाहरुको संरक्षण तथा सम्बर्द्धन गर्न पाउदा अाफु निकै हर्षित भएको बन्जाडेको भनाइ छ । सामाजिक काम गर्न रुचाउने बन्जाडे जनताका लोकप्रिय छन । सबैलाई सहयोग गर्ने सहयोगी स्वभावका धनी बन्जाडेले दर्जनौं सामाजिक संघ संस्थालाई सहयोग गर्दै अाएका छन ।
सन्धिखर्कमा बसेर निर्माणकार्यको काम गर्ने वरिष्ठ निर्माण ब्यबसायी बन्जाडेलाई राजनीति रुपमा पनि सबैले सहयोग गर्ने गर्दछन ।